अन्तराष्ट्रिय मिस्टर प्रतियोगीतामा भाग लिन चुडाल जाने

अन्तराष्ट्रिय मिस्टर प्रतियोगीतामा भाग लिन चुडाल जाने

  • शनिबार, अशोज २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

पुरुषहरुको सौन्दर्य प्रतियोगिता चौथो मिष्टर इन्टरनेशनल नेपाल २०२३ अभिषेक चुडाल फिलिपिन्समा हुने अन्तराष्ट्रिय प्रतियोगिता पन्धौं एमआई (मिष्टर इन्टरनेशनल) मा प्रतिस्पर्धा गर्न आज शनिवार राती त्यसतर्फ जाने भएका छन्।

काठमाडौंको मुलपानीका चुडाल नेपालको प्रतिनिधित्व गर्दै पुरुषहरुको अन्तराष्ट्रिय प्रतियोगिता एमआई ९मिष्टर इन्टरनेशनल० मा प्रतिस्पर्धा गर्न त्यसतर्पm जान लागेका हुन्। २५ वर्षिय उनी ग्रुप अफ इभेन्ट इन्टरटनेर्सबाट चौथो मिष्टर इन्टरनेशनल नेपाल २०२३ छनौट भएका थिए।

हिमालयन एयरलाइन्समा क्याबिन त्र्mयुका रुपमा कार्यरत ६ फिट अग्ला अभिषेकले बिजीनेस एडमिनिस्ट्रेसन एन्ड ट्राभल एन्ड टुरिजममा ब्याचलर गरेका छन्। यात्रा गर्न र फुटबल खेल्न रुचाउने अभिषेकले आगामी अक्टोबर आठदेखि २२ तारिखसम्म फिलिपिन्समा हुने पन्ध्रौं मिष्टर इन्टरनेशनल २०२३ मा नेपालको प्रतिधित्व गरी स्पर्धा गर्नेछन्। विभिन्न ३५ देशका पुरुषहरुले स्पर्धा गर्ने सो प्रतियोगितामा अभिषेकले राष्ट्रिय पोशाक, सुटलगायतका नेपाली पहिरन प्रदर्शन गर्नेछन्।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्स एमआई ९मिष्टर इन्टरनेशनल० को आरम्भदेखि फ्रेन्चाइज होल्डर रहेकोले मिष्टर इन्टरनेशनल नेपाललाई सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै आएको र अभिषेकको सहभागीता त्यसकै निरन्तरता रहेको इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले जानकारी गराए। सो प्रतियोगितामा यसअघि रोकेश तन्डुकार, साजित आलम र प्रशान्तजंग शाहलाई सहभागी गराएको र रोकेशले राष्ट्रिय पोशाक विधाको टाइटल चुमिसकेको जानकारी पनि सक्सेनाले गराए। अनुपका अनुसार अन्तराष्ट्रिय प्रतियोगिताका लागि फिलिपिन्सको तयारी पुरण जोशी, प्रविणराज जोशी र सुजन जंगमले सम्पन्न गरिसकेका छन्। सो प्रतियोगिताका लागि लोकेशन नेपालका गौतम धिमालले अभिषेकको फोटो सुट गरेका छन्।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले सन् २००३ देखि पुरुष सौन्दर्य प्रतियोगिता म्यान हन्ट नेपालसमेत आयोजना गर्दै आएको छ। यससँगै पुरुष सौन्दर्य प्रतियोगिताहरुका लागि अन्तराष्ट्रिय मञ्चमा अवसरसमेत दिलाउँदै आएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी