राजस्व संकलन हुने मुख्य नाका बीरगञ्ज छेउछाउबाटै ब्यापक तस्करी मौलायो

राजस्व संकलन हुने मुख्य नाका बीरगञ्ज छेउछाउबाटै ब्यापक तस्करी मौलायो

  • शुक्रबार, अशोज १९, २०८०
  • दीपक चौरासीया

  • 7.4K
    SHARES

पर्सा, १९ असोज । हिन्दुहरुको महान पर्ब दशै नजिक्दै जादा पर्साका नाकाहरुबाट ठूलो मात्रामा तस्करी भईरहेको छ । मुलुकको एक मात्र बढी राजस्व उठ्ने ठाउ वीरगंज भन्सार पछाडीबाटै सेटिङमा प्रत्येक दिन करोडौ बराबरको मालसमान आयात तथा निर्यात भइरहेपनि सम्बन्धीत निकाय मौन नै धारण गरेको पाइएको हो ।

वीरगंज भन्सार नजिकै रहेको इनर्वा गाउ हुदै दर्जनौ तस्करी गर्ने तस्करहरु अवैध धन्दा सुचारु राखेपनि सीमामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका कतिपय कर्मचारी आर्थिक प्रलोभनमा परी तइचुप मइचुप बन्न बाध्य बनेको स्थानीयको दावी छ । तस्करी गर्ने गिरोहका मुख्य नाइकेहरु माथिल्लो निकायसम्म आर्थिक भागबन्डा मिलाए पश्चात तस्करी गर्ने छुट नै पाएको त हैन भन्ने आशंका मानिसहरुले गर्न थालेका छन् ।

इनर्वा गाउ हुदै दर्जनौ तस्करहरु तस्करी गर्न सल्बलाएका मात्र छैनन्, प्रति दिन करोडौ बराबरको लताकपडा अवैध रुपले नेपाल भित्रयाउन सफल समेत भएका छन । जसको जल्दो बल्दो उदाहरण हो, इनर्वा गाउबाट भित्रिएको कपडा बाराको पथलैयाबाट पक्राउ । बिगत ३ दिन अगाडी इनर्वा नाकाबाट नेपाल भित्रिएको लताकपडा बाराको प्रहरी चौकी पथलैयाले नियन्त्रणमा लिएको थियो । भन्सार छलि नेपाल भित्रयाइएको फोर्ड कार सहित एक जना तस्करलाई समेत पक्राउ गरी वीरगंज भन्सार कार्यालयमा दाखिला गरेको वीरगंज भन्सार कार्यालयको रेकर्डबाट प्रमाणित हुन्छ ।

वीरगंज भन्सार पछाडीको इनर्वा टोल हुदै दर्जनौ तस्करहरु सकृय रहेका छन । दशैंको मुखमा लताकपडा लगायत बिष्फोटक पदार्थ नेपाल भित्रयाउने क्रम जारी राखेपनि सम्बन्धीत निकायको मौनता माथि प्रश्ण चिन्ह खडा भएको छ । इनर्वा टोल हुदै सुरेन्द्र, सत्रुधन, मदन लगायत दर्जनौ ठुला वडा तस्करहरुको तस्करी कार्य सुचारु नै रहेको पाइन्छ । तस्करी गराउन राज्यले नै छुट दिएको हो कि रु हेर्न मात्र बाकी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी