मिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक

मिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक

  • आइतवार, अशोज १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

बिबाहित महिलाहरुबीचको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक गरिएको छ।
प्रतियोगिताको आयोजक संस्था रिवन इन्टरटेनमेन्टद्धारा राजधानीको नयाँ वानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा आयोजित एक समारोहका बिच मिसेस नेपाल वल्र्ड–२०२३ टप २३ सार्वजनिक गरिएको हो। समारोहमा उत्कृष्ट २३ लाई कन्टेस्टेन्ट ट्याग नम्बरसमेत प्रदान गरिएको छ। प्रतियोगिताको अन्तिम स्पर्धामा आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मिना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुबेदी, सुस्मिता सिंह, निशा बिष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेक कुमारी घले, मंगली सिलवाल र सरु आर एल राणा सहभागी छन् ।
प्रतिष्पर्धीहरुले आफ्नो परिचय दिँदै प्रतियोगितामा भाग लिनुको उद्देश्यबारे प्रष्ट पारेको कार्यक्रममा अन्नपुर्ण पोष्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, अभिनेता आर्यन सिग्देल, चलचित्र निर्देशक दिनेश राउत, गायिका जुनु रिजाल, अभिनेता गजित बिष्ट, कोरियोग्राफर जयन सुब्बा मानन्धर, कलाकार सागर लम्साल, कार्यक्रम आयोजक अनुप सक्सेनालगायत सहभागी थिए।

प्रतिष्पर्धीहरुले बिभिन्न चरणहरु पार गर्दै आगामी कात्तिक २ गते राजधानीमा सम्पन्न हुने प्रतियोगिताको अन्तिम स्पर्धामा ताजका लागि प्रतिष्पर्धा गर्नेछन्। उत्कृष्ट २३ प्रतिष्पर्धी अब ब्यक्तित्व विकास सम्बन्धि प्रशिक्षणमा ब्यस्त रहने छन्। अन्तिम प्रतिस्पर्धामा कोरियोग्राफर अश्विनीकान्त झाले कोरियोग्राफी गर्नेछन्।

अन्तिम प्रतिस्पर्धाको समारोहमा मिसेस नेपाल वल्र्ड–२०२३ का अन्य सवटाइटल बिजेताको पनि घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराए। मिसेस नेपाल वल्र्ड–२०२३ का बिजेताले आगामी डिसेम्बरमा अमेरिकामा हुने मिसेस वल्र्ड–२०२३ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवासर प्राप्त गर्नेछिन्। मिसेस नेपाल वल्र्ड–२०२३ को बिजेताले भने आगामी डिसेम्बरमा अमेरिकामा हुने मिसेस वल्र्ड–२०२३ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवासर प्राप्त गर्नेछिन्। अन्तिम प्रतिस्पर्धाको समारोहमा मिसेस वल्र्ड–२०२२ की बिजेता सरगम कैशल पनि सहभागी हुनेछिन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी