मित्रराष्ट्र माल्दिभ्स भूगोलका हिशाबले सानो देश हो । तर पनि खास गरी चीन र भारतको शक्ति विस्तारको प्रतिस्पर्धामा यो मेदान बन्ने गरेको छ जसको मुख्य कारण हिन्द महासागर क्षेत्र हो ।
चीन र भारत जहिले पनि यस क्षेत्रमा बलियो सावित हुन माल्दिभ्सलाई उपयोग गर्ने गरेका छन् । त्यही कारण यहाँको निर्वाचनमा भारत र चीनको प्रतिस्पर्धी भनेर चिनिन्छन् उम्मेद्धारहरु ।
शनिबार भएको निर्वाचनमा चीन पक्षधर मानिने मोहम्मद मोईजले बाजी मारे । उनले ५४ प्रतिशत बढी मत हासिल गरे । उनी ४५ बर्षका छन् । माल्दिभ्समा भारत बिरोधी प्रदर्शनमा उनको हात रहने गरेको बताईन्छ ।
त्यसै गरी भारत समर्थक उम्मेद्धार ईब्राहिम सोलिह पराजित भए । उनी वर्तमान राष्ट्रपति हुन् । उनी नोभमेम्बर १७ सम्म कार्यवाहक राष्ट्रपति रहनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline