एजेन्सी असोज १२ । पाकिस्तानको बलुचिस्तानमा शक्तिशाली बम विष्फोट हुँदा ५२ जनाको मृत्यु भएको छ । मोहम्मद डेको अवसरमा आयोजित कार्यक्रममा आतंकवादी समुहले बम विष्फोट गराएको थियो ।
बलुचिस्तानको मास्तुङ जिल्लाको एक मस्जिद नजिक उक्त विष्फोट भएको थियो ।
विष्फोटमा परी घाईते भएका थुप्रैको अवस्था चिन्ताजनक रहेको पनि अधिकारीहरुले जनाएका छन् ।
अहिले सम्म कुनै पनि आतंकवादी समुहले विष्फोटको जिम्मेवारी लिएको छैन ।
यस घटनामा सबै निर्दोष सर्वसाधारण मारिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline