अमेरीका रुससँग प्रत्यक्ष युद्धमा सामेल छ, पश्चिमा देशहरु झुटका साम्राज्य हुन् : रुसी विदेशमन्त्री

अमेरीका रुससँग प्रत्यक्ष युद्धमा सामेल छ, पश्चिमा देशहरु झुटका साम्राज्य हुन् : रुसी विदेशमन्त्री

  • आइतवार, अशोज ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

एजेन्सी असोज ७ । रुसी विदेशमन्त्री सरगेई लाभरोभले अमेरीका सहित पश्चिमा देशहरु झुटको साम्राज्य भएको टिप्पणी गरेका छन् ।

सँयुक्त राष्ट्रसंघको महासभामा संवोधन गर्दा र त्यसपछि पत्रकार सम्मेलनमा बोल्दै उनले हाम्रै आखाँ अगाडी अब विश्वमा नयाँ अर्डर शुरु हुँन थालेको भन्दै अब पश्चिमा देशहरुको नवऔपनिवेशिक पद्धतिले काम नगर्ने चेतावनी दिए ।

महासभामा युक्रेन र रुसबीचको युद्धका बारेमा विभिन्न देशका राष्ट्र प्रमुखहरुले चर्चा गरेपछि लाभरोभले संवोधन गरेका थिए ।

अब बहुध्रुवीय विश्व निर्माणको दिशाले गति लिएको र नयाँ उदीयमान शक्तिहरुले सम्पत्तिको समान वितरण र सभ्यताको विविधिकरणमा जोड दिएको पनि लाभरोभको भनाई छ । उनृले अहिले अमेरीका युक्रेन युद्धमा रुस बिरुद्ध प्रत्यक्ष सामेल भएको बताए ।

अमेरीकी सेनाको तालिम, प्रशिक्षण, हतियार, पैसा र मर्सिनरिको समेत सहभागीताले उ प्रत्यक्ष रुपमा सामेल भएको मानिने उनको टिप्पणी छ । रुस बिरुद्ध लड्न युक्र्रेनलाई अमेरीकाले हालै लामो दुरीको क्षेप्यास्त्र दिने र पैसा दिने घोषणा गरेपछि लाभरोभ आक्रोशित बनेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ