सरकार र शिक्षक महासंघबीच सहमतिपछि आन्दोलन फिर्ता, आइतबारबाट पठनपाठन सुचारु

सरकार र शिक्षक महासंघबीच सहमतिपछि आन्दोलन फिर्ता, आइतबारबाट पठनपाठन सुचारु

  • शुक्रबार, अशोज ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 20.4K
    SHARES

आश्विन ५, काठमाडौँ । सरकार र ३ दिनदेखि आन्दोलरत नेपाल शिक्षक महासंघबीच आज सहमति भएको छ । संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

संशोधनका लागि सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने भएको छ । विभिन्न बुँदामा सहमति भएको र त्यसलाई लिखित गरेर सार्वजनिक गरिने जनाइएको छ ।

शिक्षक आन्दोलन पनि फिर्ता हुने सहमति पनि कायम भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा दुई पक्षबीच सिंहदरबारमा वार्ता भएको थियो ।

वार्तापछि सरकारका प्रवक्ता रेखा शर्माले संसद्को सर्वोच्चतालाई ख्याल गर्दै यसलाई परिमार्जन र समृद्ध बनाएर लैजाने जानकारी दिइन् । उनले शिक्षकहरुले उठाएका मागबारे सकारात्मक रहेको जानकारी दिइन् । उनले संविधानकै प्रतिकूल हुने दिशामा कोही जान नसक्ने बताइन् ।

सहमति भएसँगै आइतबारबाट विद्यालय खुल्ने भएको छ। ‘शिक्षा विधेयक संसदमा दर्ता भइसकेको छ। विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूका माग विधेयकमा समावेश गर्ने गरी शिक्षकहरूसँग सहमति भएको छ।’ शिक्षक महासंघको छलफलपश्चात उनले भनिन् , ‘सहमति भएसँगै शिक्षकहरूले पनि आन्दोलन स्थगित गर्नुहुन्छ।’

आज छलफलमा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, सञ्चारमन्त्री रेखा शर्मा र नेपाल शिक्षक महासंघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि सहभागी थिए।

शिक्षा विधेयकमा १८ बुँदे असहमति राख्दै तीन दिनदेखि आन्दोलनमा सहभागी हुन काठमाडौंमा विभिन्न जिल्लाबाट शिक्षकरशिक्षिका आएका थिए। सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले अनिश्चितकालिन आन्दोलन सुरू गरेका थिए। जसले गर्दा देशभरका सामुदायिक विद्यालय बन्द भएका हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी