अमेरीकामा पुगेर जेलेन्सकीले भने यदी अमेरीकाले निरन्तर हतियार र पैसा नदिएमा हामी रुससँग युद्ध हार्छौ 

अमेरीकामा पुगेर जेलेन्सकीले भने यदी अमेरीकाले निरन्तर हतियार र पैसा नदिएमा हामी रुससँग युद्ध हार्छौ 

  • शुक्रबार, अशोज ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एजेन्सी असोज ५ । युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकी अमेरीका भ्रमणमा गएका छन् । उनले अमेरीकी सांसदहरुसँग कुरा गर्दै यदी अमेरीकाले हतियार र आर्थिक मद्धत जारी नराखेमा रुससँग युद्ध हारिने चेतावनी दिएका छन् ।

रुस र युक्रेनबीच युद्ध शुरु भएपछि दोस्रो पटक जेलेन्स्की अमेरीका पुगेका हुन् । अमेरीकी सांसद चुक सुमेरले पत्रकारहरुलाई उक्त कुराको जानकारी दिएका हुन् ।

जेलेन्स्कीसँगको छलफलपछि उनले क्यापिटल हिलमा पत्रकारहरुलाई उक्त कुरा बताएका हुन् ।

बाईडेन प्रशासनले २४ बिलियन डलर बराबरको हतियार तथा अन्य सहायता उपलव्ध गराउने प्रस्ताव गरेपनि बिपक्षी सांसदहरुको बिरोधको सामना गर्नु परिरहेको छ ।

अमेरीकी अधिकारीहरुले भने युक्रेनलाई सहयोग जारी राख्ने प्रतिवद्धता जनाएका छन् । अमेरीका र यूरोपको हतियार र पैसाको बलमा युक्रेनले रुस बिरुद्ध युद्ध जारी राखेको छ ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ