एजेन्सी असोज २ । क्यानडाका प्रधानमन्त्री जष्टिन टुडोले भारतीय एजेन्टहरुले क्यानडाका शिख स्वतन्त्र अभियान्ताको हत्या गरेको आफूले गंभीर सूचना पाएको दावी गरेका छन् ।
क्यानडाको गुप्तचर संयन्त्रले विश्वसनीय सूचना हात पारेको टुडोको भनाई छ । गत समरमा त्याहाँ शिख अधिकारकर्मीको हत्या भएको थियो । शिख समुदाये बेलायत, क्यानेडा , अमेरीका लगायत मुलुकमा भारत बिरोधी प्रदर्शन गर्दै आएका छन् ।
भारतमा शिख समुदायमाथि ईन्दीरा गान्धीकै पालादेखि दमन र अत्याचार भएको र स्वतन्त्र अधिकार पाउनु पर्ने उनीहरुको माग छ ।
क्यानेडियन नागरिकता प्राप्त कुनै पनि व्यक्तिलाई क्यानेडाली माटोमा विदेशी सरकार संलग्न भएर कुनै पनि हत्या हुन्छ भने यो क्यानडाको सार्वभौम सत्ताको गंभीर उलंघन भएको भन्दै यस विषयमा स्पष्ट पार्न उनले भारतलाई चेतावनी दिएका छन् ।
४६ वर्षका हरदिप सिंह निजरको जुन १९ मा हत्या भएको थियो ।