आफ्ना कैदी छुटाउन अमेरीकाले जफत गरेको पैसा ईरानलाई फिर्ता गर्न बाध्य, पाँच अमेरीकी नागरिक रिहा

आफ्ना कैदी छुटाउन अमेरीकाले जफत गरेको पैसा ईरानलाई फिर्ता गर्न बाध्य, पाँच अमेरीकी नागरिक रिहा

  • मङ्लबार, अशोज २, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

महाशक्ति कहलिएको अमेरीका ईरानसँग सम्झौता गर्न बाध्य भएको छ । ईरानको जेलमा रहेका पाँच अमेरीकी कैदी छुटाउन अमेरीकाले ईरानको प्रतिवन्धपछि फ्रिज गरिएको पैसा उपलव्ध गराएको छ भने अमेरीकामा रहेका पाँच ईरानी कैदीलाई पनि मुक्त गर्नु पर्ने भएको छ ।

कतारको मध्यस्थतामा यो सम्झौता भएको हो । करीब एक बर्ष लामो बार्तापछि सम्झौता भए लगत्तै पाँच अमेरीकी कैदीलाई ईरानले रिहा गरेको छ । उनीहरु कतार पुगिसकेका छन् ।

यता दक्षिण कोरीयालाई ईरानले कच्चा तेल बेचेर आर्जन गरेको ६ अर्ब डलर पनि ईरानले खर्च गर्ने गरी कतारको खातामा ट्रान्सफर गरिएको छ । यो रकम ईरानले गैरप्रतिवन्धित मानवीय सहायताका बस्तुहरु जस्तै औषधी, खाद्यन्न आदि खरीद गर्न मात्रे प्रयोग गर्न सक्ने अमेरीकी तर्क छ ।

तर ईरानले यो आफ्नो पैसा भएको भन्दै आफ्नो ईच्छा अनुसार प्रयोग गर्ने बताएको छ ।

ईरानमाथि परमाणु हतियार बनाउन खोजेको आरोपमा अमेरीकाले प्रतिवन्ध लगाउँदै आएको छ । जसका कारण ईरानको आर्थिक संकट जटिल बनेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ