नेपालको अर्थतन्त्रमा सुधारको संकेत, रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य बृद्धि

नेपालको अर्थतन्त्रमा सुधारको संकेत, रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य बृद्धि

  • आइतवार, भदौ ३१, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं । नेपालको अर्थमन्त्र विस्तारै सुधार तर्फ अघि बढेको संकेत देखिएको छ । चालू आर्थिक वर्षको साउनमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २५.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको गत साउनको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ ।

यसैबीच, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९ हजार १५२ कायम भएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६ हजार ४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो ।

पछिल्लो तथ्यांकले अब देशभित्रै रोजगारी, उद्यम र व्यवशाय गर्नेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । विदेश जाने युवाहरु घट्नु भनेको देशभित्रै अवसरको खोजीमा युवा लागेको अनुमान गर्न सकिन्छ ।

चालु आर्थिक वर्षको पहिलो महिना भदौको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२।५ महिनाको वस्तु आयात र १०।३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०८० साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९।२ प्रतिशत, ८५।७ प्रतिशत र २६।३ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८।६ प्रतिशत, ८३।० प्रतिशत र २५।१ प्रतिशत रहेका थिए।

२०८० असार मसान्तमा रु। १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २।२ प्रतिशतले वृद्धि भई २०८० साउन मसान्तमा रु। १५ खर्ब ७३ अर्ब १२ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० साउन मसान्तमा १।२ प्रतिशतले वृद्धि भई ११ अर्ब ८५ करोड पुगेको छ।

आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनामा कुल वस्तु निर्यात ८।७ प्रतिशतले कमी आई रु। १३ अर्ब ५३ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २८।७ प्रतिशतले कमी आएको थियो।

भदौमा कुल वस्तु आयातमा १.६ प्रतिशतले कमी आई रु. १ खर्ब २९ अर्ब २४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १२.९ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः ३.३ प्रतिशत र १७.० प्रतिशतले वृद्घि भएको छ भने अन्य मुलुकबाट भएको आयात २३.१ प्रतिशतले कमी आएको छ।

चालु आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले कमी आई रु. १ खर्ब १५ अर्ब ७१ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.४ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.३ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा चालु खाता रु. १२ अर्ब ९९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१५ अर्ब १३ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ८८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ९ करोड ८५ लाखले बचतमा रहेको छ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३२ अर्ब ९० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१९ अर्ब ७६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ५२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २४ करोड ९५ लाखले बचतमा रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी