अमेरीकी ईतिहासमा पहिलो पटक मजदुरहरु हड्तालमा उत्रिए

अमेरीकी ईतिहासमा पहिलो पटक मजदुरहरु हड्तालमा उत्रिए

  • शुक्रबार, भदौ २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

वेतन वृद्धिको माग गर्दै करिब १३ हजार कामदार सवारी साधन बनाउन छाडेर हडतालमा उत्रिएका छन् । आफ्नातर्फबाट वार्तामा बसेका प्रतिनिधिले व्यवस्थापन पक्षसँगको वार्तामा माग पूरा गराउन नसकेपछि उनीहरू हडतालमा उत्रिएका हुन् ।

युनाइटेड अटो वर्कर्स युनियनका सदस्यहरूले मिसौरीको वेन्ट्जभिलमा रहेको जनरल मोटर्सको एसेम्बली प्लान्ट, डेट्रोइट नजिकैको मिशिगनको वेनमा रहेको फोर्ड कारखाना र ओहायोको टोलेडोमा रहेको स्टेलान्टिस जीप कारखानामा काम ठप्प पारेका छन् । मजदूहरूको सेवा सुविधासम्बन्धी चारवर्षे सम्झौता गत मध्यरातपछि समाप्त भएको हो ।

कर्मचारी युनियनको ८८ वर्षको इतिहासमा यति धेरै मजदूरले काम छाडेर हडताल गरेको यो पहिलो पटक हो । हडताल लम्बिएमा सवारी साधनको अभाव हुने र मूल्य बढ्न सक्ने चेतावनी व्यापारीहरूले दिएका छन् । तीनवटै कम्पनीमा मजदूर एकैसाथ आन्दोलनमा उत्रिदा अटो उद्योगमा समस्या हुने उनीहरूले बताएका छन् ।

राष्ट्रपति जो बिडेनलाई अमेरिकी इतिहासमा सबैभन्दा युनियन–मैत्री भनिए पनि मजदूरका माग सम्बोधन नभएकाले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा त्यसले प्रभाव पार्ने ठानिएको छ । विश्वभरका कामदारले अटो मजदूरहरूको यो आन्दोलनलाई नजिकबाट नियालीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ