एजेन्सी भदौ २५ । अमेरीकी राष्ट्रपति जो बाईडेनले भियतनाम पुगेर चीनसँग अमेरीकाले शीत युद्ध नचाहेको बताएका छन् ।
यस पटक भारतमा भएको जी २० सम्मेलनमा चीनीया राष्ट्रपति सि जिन पिङ अनुपस्थित भएपछि निराश भएका बाईडेनले चीन निकट रहेको भियतनामको भ्रमण गर्दै उक्त कुरा बताएका हुन् ।
दिल्लीबाट भियतनाम पुगेका उनले अमेरीकाले विश्वभर स्थिरता प्रदान गर्न चाहेको र त्यसका लागि गठबन्धन बलियो हुनु पर्ने बताए । भियतनामको सत्तारुढ कम्युनिष्ट पार्टीको मुख्यालयको पनि बाईडेनले भ्रमण गरेका थिए ।
भियतनामा अमेरीकाले लामो युद्ध गरेपछि सम्बन्ध सुदृढ नभएको स्थितिमा चीनसँग बाक्लो सामिप्यता रहेको भियतनाममा पछिल्लो समय अमेरीकाले सम्बन्ध बिस्तारमा जोड दिईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline