नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने निर्णय भारतद्धारा स्वीकृत

नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने निर्णय भारतद्धारा स्वीकृत

दीर्घकालिन रुपमा बिजुली बेच्ने बाटो खुला

  • मङ्लबार, भदौ १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौं। नेपालसँग १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव भारतले स्वीकृत गरेको छ। भारतको मन्त्रिपरिषद्‍ले नेपालले तीन महिना अगाडि गर्न चाहेको विद्युत् व्यापारसम्बन्धी सम्झौतापत्र बल्ल स्वीकृत गरेको हो।

नेपालले जेठ तेस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा समझदारीमा हस्ताक्षर गर्न चाहेको थियो। तर त्यतिखेर भारतले मन्त्रिपरिषद्‍मा छलफल हुन नपाएको भनेर हस्ताक्षर गरेको थिएन ।

त्यसका बाबजुद प्रधानमन्त्रीद्धयले सँयुक्त घोषणा भारतीय प्रधानमन्त्री मोदीले १० हजार मेगावाट बिजुली नेपालबाट किन्ने सार्वजनिक गरेका थिए । नेपाल विद्युत प्राधिकरणले अहिले १० आयोजनाको ४५२ मेगावाटभन्दा बढी विद्युत बेच्‍न पाएको छैन ।

भारतको मन्त्रिपरिषद्ले नेपालसँग गर्ने दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौतापत्रलाई गत साता स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले यसको पुष्टि गरेका छन् । उनले मंगलबार बिहान सामाजिक सञ्‍जालमा भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको लेखेका हुन्।

यो सम्झौताले आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने विस्वास गरिएको छ ।

भारतको मन्त्रिपरिषद्‍ले स्वीकृत गरेसँगै अब दुई देशका ऊर्जा सचिवले दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर गर्नेछन्। त्यसपछि नेपाललाई आफ्नो विद्युत भारतमा व्यापार गर्न सहज हुनेछ।

यो सम्झौतासँगै नेपालबाट २५ वर्षसम्म विद्युत बिक्रीका लागि बाटो खुल्नेछ। अहिले नेपालबाट ‘डे अ हेड’ र रियल मार्केटमा मात्रै भारतमा बिजुली बिक्री हुँदै आएको छ।

प्राधिकरणका एक अधिकारीका अनुसार सम्झौतापछि दीर्घकालिन रुपमा ७ देखि २५ वर्ष र मध्यमकालिन २ देखि ७ वर्षको सम्झौता गरेर बिजुली बेच्‍न मिल्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी