एजेन्सी भदौ १९ । रुस बिरुद्धको बहु चर्चित काउन्टर अफेन्सिभ ( प्रत्याक्रमण ) असफल भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले रक्षामन्त्रीलाई बर्खास्त गरेका छन् ।
ओलेक्सी रेजनिकोभले यस अघि राष्ट्रपति जेलेन्सकीको आलोचना गरेका थिए । उनी सन् २०२१ नोभमेम्बरदेखि रक्षामन्त्री रहेका थिए ।
उनको ठाँउमा नयाँ दृष्टिकोणको आवस्यकता परेको भन्दै जेलेन्सकीले उनलाई बर्खास्त गरेका हुन् ।
तर खासमा रुसलाई युक्रेनी भुभागबाट लखेट्न भन्दै शुरु गरिएको प्रत्याक्रमण असफल भएको झाँेकमा उनले रक्षामन्त्री नै फेरेको धेरैको अनुमान छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline