चीनसँगको फलदायी वार्ता भएको आईएमएफ प्रमुखको धारणा

चीनसँगको फलदायी वार्ता भएको आईएमएफ प्रमुखको धारणा

  • सोमवार, भदौ १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुखले सोमबार चीनको भ्रमण सम्पन्न गर्ने क्रममा चीनका उच्च अधिकारीसँग भएको ‘फलदायी र ठोस’ वार्ताको प्रशंसा गरेका छन् ।

महामारीबाट समग्र विश्वव्यापी आर्थिक पुनरुत्थान सुस्त भइरहेको र यस वर्ष विश्वव्यापी आर्थिक वृद्धिको लागि आफ्नो दृष्टिकोणमा केही सुधार गरिएको आईएमएफले जुलाईमा जानकारी गराएको थियो ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा आईएमएफले सन् २०२३ मा ५।२ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । हालैका महिनाहरूमा कमजोर उपभोक्ता माग, उच्च युवा बेरोजगारी र महत्वपूर्ण सम्पत्ति क्षेत्रको सङ्कटले कोभिड–१९ पछि कमजोर अवस्थामा पुगेको आर्थिक वृद्धि दरमा थप वृद्धि भएको आईएमएफले जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले प्रधानमन्त्री ली खछ््याङ, उपप्रधानमन्त्री हे लिफेङ, केन्द्रीय बैंकका गभर्नर पान गोङसेङ र अर्थमन्त्री लिउ कुन लगायत चिनियाँ नेतृत्वसँग निकै फलदायी र ठोस छलफल भएको बताए ।

समूहले ‘विश्व अर्थतन्त्रको अवस्था र यहाँ चीनमा भएका घटनाक्रमका बारेमा’ कुरा गरेको जर्जिएभाले सामाजिक सञ्जाल ’एक्स’मा पोस्ट गरिएको एक भिडियोमा उल्लेख गरेका छन् ।

बुल्गेरियाली अर्थशास्त्री जर्जिएभालले भने , “हामीले चीन सरकारले ९वृद्धि० लक्ष्यलाई अगाडि बढाउन चालेका कदमहरूको बारेमा कुरा ग¥यौँ । यो लक्ष्य ‘चीनका लागि र समग्र विश्वका लागि महत्वपूर्ण’ थियो ।”

, “कोभिड र युद्धको झट्काको प्रभावबाट धेरै देशहरू असुरक्षित भएको विश्वमा आईएमएफसँग उनीहरूलाई सहयोग गर्न वित्तीय शक्ति हुनु महत्वपूर्ण छ । उनले भने ।

आईएमएफ प्रमुखले मार्चमा चीनका नीति निर्माताहरूलाई उत्पादकत्व बढाउन र अर्थव्यवस्थालाई लगानीबाट टाढा राख्न र अधिक टिकाउ उपभोग–आधारित वृद्धिको दिशामा पुनः सन्तुलित गर्न आग्रह गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ