बिपी राजमार्गमा दैनिक सँयौँ यात्रुबाहक बिद्युतीय गाडी गुड्छन, खुर्कोटको चार्जिङ स्टेसन भरिभराउ ( भिडियो सहित )

बिपी राजमार्गमा दैनिक सँयौँ यात्रुबाहक बिद्युतीय गाडी गुड्छन, खुर्कोटको चार्जिङ स्टेसन भरिभराउ ( भिडियो सहित )

  • शुक्रबार, भदौ १५, २०८०
  • मञ्जु लामिछाने

  • 14.7K
    SHARES

भदौ १५ काठमाण्डौँ । काठमाण्डौबाट पूर्वतर्फ जाने आउने अहिलेको मुख्य मार्ग बन्दै गएको छ बिपी राजमार्ग । धुलिखेलदेखि बर्दिबास सम्मको १५८ किलो मिटर लामो सडक जापानले निर्माण गरिदिएको हो । काभ्रे र मुख्यगरी सिन्धुली जिल्लाभरी पर्ने यो सडक केही साँघुरो भएकाले धेरै जसो माईक्रो तथा मिनि बस, कार, मझौला मालबाहक गाडी र मोटरसाईकलहरुको आवत जावत बाक्लो देखिन्छ । यो सडकमा दैनिक हजारौँ सवारी साधन ओहोर दोहोर हुने गर्दछन् ।

अहिले यो सडकमा पछिल्लो समय ती गुड्ने सवारी साधन मध्य सँयौँको संख्यामा बिद्युतीय गाडीहरु गुड्ने गरेको देखिएको छ । खुरकोट, बर्दिवास लगायत विभिन्न खण्डमा चार्जिङ स्टेसनहरु बनेका छन् ।

अहिले खुर्कोटमा रहेको चार्जिङ स्टेसनमा सवारी साधनको लाईन नै देखिन्छ । एक पटकमा चार वटा गाडी चार्ज गर्न सकिन्छ यो स्टेसनमा । सरकारले निर्माण गरेको यो स्टेसनमा करीब एक घण्टामा सवारी साधन सय प्रतिशत चार्ज हुन्छ । एक प्रतिशत चार्ज हुँदा चार देखि पाँच रुपैया खर्च हुन्छ सरकारी चार्जिङ स्टेसनमा । निजीमा अलि महंगो छ । तै पनि यो हिशाबले हेर्दा डिजेल भन्दा बिद्युत गुणात्मक रुपमा सस्तो देखिन्छ । काठमाण्डौँदेखि बर्दिवास पुग्दा करीब ५ सय बढीको मात्र बिजुली खर्च हुने देखिन्छ जब कि डिजेल पेट्रोल गाडीमा अहिलेको मुल्यमा तीन हजार भन्दा बढी खर्च उठ्ने चालकहरु बताउछन् ।

अझ अर्को सुविधा चार्जिङ स्टेसनमा गाडी चार्जमा राखेर आफ्नो मोबाईलबाटै भुक्तानी गरी कति प्रतिशत चार्ज भयो त्यो मोबाईलबाटै हेर्न सक्छन् । यो प्राविधिक सुविधा पनि यसमा देखिन्छ । ध्वनि तथा वायु प्रदुषण कम हुने, बढ्दो पेट्रोलियम पदार्थको मुल्यले सवारी साधन चलाउन महंगो पर्ने भएकाले बिद्युतीय सवारी निजीमा मात्र हैन सार्वजनिक यात्रु बाहकमा पनि आकर्षण देखिन थालेको छ ।

तर पछिल्लो आर्थिक वर्ष ८०÷८१ को बजेटमा कर बृद्धि गरिएको र बिद्युतीय सवारी महंगो पर्न थालेकोमा यसका प्रयोगकर्ताहरु चिन्तित देखिए । तै पनि यसको पेट्रोल डिजेलको तुलनामा कम पैसाको बिद्युतबाटै यसले गन्तव्य छिचोल्ने हुनाले अहिलेका लागि भने प्रयोगकर्ताहरु खुसी देखिन्छन् ।

यसमा चिन्ता भनेको भोलीका दिनमा ब्याट्री र मोर्टर फेर्नु पर्दा एकै पटक ठूलो रकम खर्च गर्नु पर्ने चिन्तामा भने बिद्युतीय यात्रुबाहक गाडीका सञ्चालकहरु देखिए ।

तै पनि पेट्रोलियम पदार्थको तुलनामा स्वदेशमै उत्पादन हुने बिजुली प्रयोग गरेर सवारी साधन चल्दा निकै नै फाईदाजनक हुनेमा सबै क्षेत्रको अनुमान छ ।

अहिले कुलमा सवारी साधन प्रयोगको क्षेत्रमा १० प्रतिशत बढी बिद्युतीय सवारी प्रयोग हुन पुगेको छ र यो क्रमशः बढ्ने देखिन्छ । यसका लागि थप गुणस्तरीय बाहन, पूर्वाधारमा ब्यापक सुधार र डिजेल पेट्रोल गाडी भन्दा बिद्युतीय गाडीमा भन्सार दर कम गरेर सरकारले यो क्षेत्रलाई प्रोत्साहित गर्नु पर्ने तर्क सबैको छ । सरकारले यो नीतिमा आमुल परिवर्तन गरेर ईकोलोजी र ईकोनोमी दुबैलाई सकारात्मक दिशामा लैजान ढिला गर्नु हुँदैन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी