एजेन्सी भदौ १० । प्रविधि विश्वको सबै भन्दा पछिल्लो चर्चा र प्रयोगमा बढ्न लागेको छ एआई अर्थात आर्टिफिसियल ईन्टेलिजेन्स । पछिल्लो समय अनुमान लगाउन थालिएको छ कि मानव जातिले नै सृजना गरेको यो एआईले भविष्यमा मानवजातिकै लागि संकट पैदा गर्नेछ । एक रिपोर्ट अनुसार सन् २०३० सम्ममै यसले विश्व भरका ३० करोड मानिसको रोजगारी समाप्त पारिदिनेछ ।
यसको सबभन्दा बढी असर कम्युटर कोडर, सफ्टवेयर ईन्जिनियर, डेटा एनालिष्ट लगायको रोजगारीमाथि खतरा पैदा गर्नेछ । विश्वमा एक प्रकारले एआईलाई प्रविधिको राक्षस मान्न थालिएको छ ।
आर्टिफिसियल ईन्टेलिजेन्स भनेको मुख्यतया मेसिनमा मानिसको बुद्धि भरिएको भन्ने अर्थ लाग्छ । मानिसले नै तयार पारेको एउटा मेसिन या रोबोर्ट नै आर्टिफिसियल ईन्टेलिजेन्स हो जसले मानिसको मस्तिष्कको जस्तै कार्य गर्दछ । यो मानिसले जस्तै सोच्ने एउटा सफ्टवेयर हो ।
यसको प्रयोग अहिले शुरुवाती चरणमा लेखाई, कम्युटर कोडिङ, फोटोग्राफी ग्राफिक्स डिजाईन, एडिटिङ, मेडिकल एजुकेसन आदि क्षेत्रमा शुरु भएको छ । अझ श्वास्थ्य क्षेत्रमा रेखदेख, शरीरको पारामिटर मोनिटरिङ र प्रयोगशालाका रुपमा यसको प्रयोग भारीमात्रामा बढेको छ ।
१९५० को दशकमा वैज्ञानिक एलेन ट्युरिङले यन्त्र सिकाईका लागि थ्रि लस अफ् रोबोटिक्स सिद्धान्त सार्वजनिक गरेका थिए । जसले मानिसले जस्तै मेसिनले पनि सिक्छ भन्ने सन्देश दिएका थिए ।
१९५८ मा जन मेकर्र्थीले एआई एप्लीकेसन बनाउन शुरु गरेका थिए ।
१९६८ मा ईन्टेलिजेन्स नलेजका रुपमा चेस प्लेईङ प्रोग्राम शुरु भयो ।
१९७९ मा मेडिकल सेक्टरका लागि ईन्टरनिष्ट एआईको विकास भयो जसले अहिलेको एआई विकासको आधारमा मजबुत बनायो ।
१९८७ मा पहिलो कमर्सियल एण्ड मेनेजरियल एआईको विकास भयो । यसरी क्रमश विकास गरिएका मेसिनहरुकै पछिल्लो रुप हो एआई ।
पछिल्लो नयाँ सृजनात्मक रोजगारीका लागि एआइ खतराको रुपमा मडारिएको छ । तर यसको राम्रो पक्ष भनेको श्वास्थ्य, शिक्षा , उत्पादन बृद्धि आदि क्षेत्रमा यसको ठूलो महत्व रहने पनि विद्धानहरुको तर्क छ ।