फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट पानी प्रवाह शुरु

फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट पानी प्रवाह शुरु

  • बिहिबार, भदौ ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

चीन र कोरियाको चर्को विवादका बाबजुद जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेको छ । लगभग पाँच सय ४० वटा ओलम्पिक पौंडी पोखरीमा हुने बराबरको प्रशोधित पानी प्रशान्त महासागरमा आजदेखि प्रवाह गरिएको जनाउँदै जापानले त्यो सुरक्षित रहेको दाबी गरेको छ ।

सन् २०११ को सुनामीपछि बिग्रिएका आणविक रिएक्टरहरूलाई चिसो पार्न प्रयोग गरिएको उक्त परिमाणको सबै पानी समुद्रमा विसर्जन गर्न १७ दिन लाग्ने जापानी वैज्ञानिकहरूले बताएका छन् ।

अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आइएईए० को स्वीकृतिमा पानी प्रवाह गरिएको हो । आइएइएएका सुपरिवेक्षकहरू आणविक केन्द्रको जलप्रवाहस्थलमा बस्ने र उनीहरूले केन्द्रबाट महासागरमा प्रवाह भएको पानी र माछाको नमूना सङ्कलन गर्नेछन् ।

जापानले ट्रिटियम बाहेक सबै रेडियोएक्टिभ तत्वलाई प्रशोधन गरिएको बताएको छ । ती तत्वलाई पानीबाट हटाउन सकिदैन । हाइड्रोजन आइसोटोप पनि प्रवाह गरिएको छ ।

आइएईएले आणविक केन्द्रको दूषित पानी प्रशोधन गरी सुरक्षितरूपमा महासागरमा प्रवाह गर्ने जापानको योजनाले स्वास्थ्य र वातावरणमा प्रभाव नगण्य हुने भन्दै गत महिना जापानी प्रस्तावलाई अनुमोदन गरेको भए पनि त्यसको निरन्तर विरोध भइरहेको छ ।

चीन र दक्षिण कोरियाले जापानको उक्त कदमलाई अत्यन्त स्वार्थी भन्दै त्यसको कटु आलोचना गरेका छन् । उनीहरूले महासागर कुनै पनि देशको फोहर विसर्जन गर्ने स्थल नभएको बताएका छन् ।

“समुद्र सम्पूर्ण मानवजातिको साझा सम्पत्ति हो र फुकुसिमाको आणविक फोहोर पानीलाई जबरजस्ती समुद्रमा मिसाउनु अन्तरराष्ट्रिय सार्वजनिक हितको बेवास्ता गर्ने अत्यन्त स्वार्थी र गैरजिम्मेवारपूर्ण कार्य हो,” चीनको विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर भनेको छ ।

यसअघि चीन, मकाउ र हङकङले फुकुसिमा र टोकियो वरपरबाट जापानी समुद्री उपज आयातमा प्रतिबन्ध लगाएर विकिरण अनुगमनलाई तीव्र पारेका थिए । हङकङका प्रमुख कार्यकारी जोन लीले जलप्रवाहलाई गैरजिम्मेवार कदम भनेका छन् ।

वैज्ञानिकहरूले पानी प्रवाहबाट कुनै समस्या नहुने बताए तापनि सार्वजनिक चिन्ताका बीच दक्षिण कोरियाले पनि फुकुशिमाबाट माछा र खाद्यान्नको आयातमा प्रतिबन्ध लगाएको छ । दक्षिण कोरियाको मुख्य विपक्षी पार्टीले उक्त कदमविरूद्ध मैनबत्ती बालेर राजधानी सोलमा विरोधप्रदर्शन गरेको छ ।

सोलस्थित जापानी दूतावासमा पनि विरोधप्रदर्शन भएको छ । प्रदर्शनकारी युवाको एउटा समूह दूतावास रहेको आठौं तलामा पुगेको थियो । त्यहाँ प्रवेश गरेका १४ जना प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ ।

सन् १९८६ मा भएको चेर्नोविल दुर्घटनापछि फुकिसिमा आणविक केन्द्र दुर्घटना विश्वकै दोस्रो भयानक विपत्ति हो । सुनामीसँगै भएको नौ रिक्टर स्केलको भूकम्पमा परी उत्तरपूर्वी जापानका २० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ