भदौ ३ एजेन्सी । चीनको सीमा नजिक लद्दाखमा भारतीय सेना चढेको गाडी दुर्घटना हुँदा ९ जना सैनिकको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार साँझ भारतीय सेनाका जवान एम्बुलेन्ससहित पाँचवटा गाडीमा लेहबाट लद्दाखस्थित केरीका लागि प्रस्थान गरेका थिए। उनीहरू क्यारीमा बनाइएको सेनाको डिभिजनल हेडक्वाटरतर्फ जाँदै थिए। सो क्रममा न्योमानजिकै सेनाको ट्रक चिप्लिएर ६० फिट गहिरो खाडलमा खसेको हो।
उक्त ट्रकमा एक जेसीओसहित १० जना जवान थिए। तीमध्ये ९ जनाको मृत्यु भएको र १ जना गम्भीर घाइते भएका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline