युक्रेन युद्धमा कब्जा गरिएका पश्चिमा देशहरुको हतियार रुसले देखायो मस्कोमा

युक्रेन युद्धमा कब्जा गरिएका पश्चिमा देशहरुको हतियार रुसले देखायो मस्कोमा

  • बिहिबार, साउन ३२, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

साउन ३२ काठमाण्डौँ । युक्रेनमा जारी सैन्य अभियानका क्रममा कब्जा भएका पश्चिमा देशहरुको अत्याधुनिक हतियार रुसले मस्कोमा प्रदर्शन गरेको छ ।

युक्रेनी सेनाको हातबाट कब्जा भएका ८७० भन्दा बढी प्रकारका हतियारहरु रुसले मस्कोको सुरक्षा सम्मेलनका क्रममा गरेको प्रदर्शनीमा देखाएको छ ।

ती हतियार र सैन्य बाहनमा युक्रेनको झण्डा र लोगो देख्न सकिन्छ । आगन्तुकहरुका लागि रुसी रक्षा मन्त्रालयले प्रदर्शनीमा राखेको हो । अमेरीका, जर्मनी, बेलायत लगायत पश्चिमा देशले दिएका घातक टैंक, क्षेप्यास्त्र, सैन्य बाहन र अन्य हतियारहरु रुसले कब्जा गरेको हो ।

करीब डेढ बर्षदेखि जारी युद्धका क्रममा लाखौँको ज्यान गईसकेको छ । रुसले युक्रेनको ३५ प्रतिशत भन्दा बढी भुभाग कब्जा गरिसकेको छ ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ