एजेन्सी साउन ३० । अमेरीका र युरोपले रुस बिरुद्ध प्रतिवन्ध र युक्रेनलाई हतियार र पैसा दिएर रुस बिरुद्ध लड्न मद्धत गरिरहेको साथै अन्तराष्ट्रिय मञ्चमा अलग थलग पार्न खोजेपनि रुसले चीनको बलियो साथ पाएको छ ।
यस अघि नै चीनीया राष्ट्रपति सि जिन पिङले रुसको भ्रमण गरेका थिए । विदेशमन्त्री पनि रुस पुगेका थिए ।
हालै पुनः चीनका रक्षामन्त्री रुस र बेलारुसको भ्रमणमा गएका छन्् । अहिले बेलारुसमाथि पनि पश्चिमाहरुले कडाई गरिरहेका बेला चीनीया रक्षामन्त्रीको भ्रमणले चीन दुबै देशको साथमा रहेको स्पष्ट सन्देश दिएको छ ।
रक्षामन्त्री साङफुले रुस र बेलारुसमा ६ दिन समय खर्चनेछन् । रुस युक्रेन युद्धले नयाँ मोड लिने अवस्थामा रहेका बेला चीनीया रक्षामन्त्रीको भ्रमणलाई महत्वपूर्ण मानिएको छ । मस्कोमा हुने अन्तराष्ट्रिय सुरक्षा सम्मेलनमा शाङ फुले भाग लिनेछन् ।
चीन र रुसले दक्षिणी चीनीया सागर, जापानी सागर र अलास्का नजिक सँयुक्त सैन्य अभ्यास समेत गर्दै आएका छन् ।