अब चीनसँग पनि बिद्युत व्यापार सम्झौता हुने

अब चीनसँग पनि बिद्युत व्यापार सम्झौता हुने

  • शनिबार, साउन २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन र बंगलादेशसँग विद्युतीय व्यपारको सम्झौता हुने बताएका छन्। दुई देशबीचको मित्रताको आधारमा विद्युतको उत्पादन बढाएर व्यापार गर्न लागेको उनले बताए।

यसबारे दुई देशबीच सकारात्मक कुराकानी भएको बताउँदै उनले सहमति पत्रमा हस्ताक्षर हुने बताए। युवा दिवसको अवसर पारेर शनिबार भरतपुर महानगरपालिकाले पटिहानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भारतको बाटो हुँदै बंगलादेशमा विद्युत बिक्री गर्ने विषयमा सहमति भएको बताए। उनले काठमाडौंमा विशेष समारोहबीच हस्ताक्षर हुने बताए।

बुढी गण्डकी र कर्णाली चिसापानीलाई जलविद्युत आयोजना अघि बढाउन ठोस पहल भएको उनको भनाइ छ। विद्युतको व्यापारबाट अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन दाबी गर्दै उनले विद्युत उत्पादन बढाएर त्यसको व्यापारले नेपालको अर्थतन्त्रमा परिवर्तन ल्याउन गेम चेनन्जर ल्याउन लागेको बताए।

ुदश हजार मेगावाट विद्युत उत्पादन गर्न सकियो भने ठूलो क्रान्ती ल्याउने नेपालको अर्थतन्त्रको गेमचेन्जर हुनसक्छ। युवालाई विदेश जान नपर्ने, देशभित्रै रोजगारी सिर्जना गर्न सरकारको ध्यान गएको छ,ु उनले भने।

रसुवा नाकामा क्रस बोर्डर ट्रान्समिसन बनाउने कुरामा सहमति भएको बताउँदै अबको भ्रमणमा चीनसँग दुई देशीय हस्ताक्षर हुने उनले बताए। ‘भारतको बाटो हुँदै बंगलादेशमा विद्युतको ब्यापार गर्ने सहमति भएको छ। भोलिको दिनमा नेपालको भविष्यलाई अझ सुदृढ गर्छ भन्ने हाम्रो विश्वास छ। अब म चीन भ्रमणमा जाँदैछु। चीनसँग विद्युत र भौतिक पूर्वाधारको निमार्णको क्षेत्रमा नयाँ सहमति हुने स्थिति छ,ु उनले भने।

उनले भारतसँग जस्तै रसुवा नाकाबाट क्रस बोर्डर ट्रान्समिसन बनाउने कुरामा सहमति भएको बताए। उक्त सम्झौता चीन भ्रमणको क्रममा हस्ताक्षर हुने उनले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी