काठमाडौँ, साउन २७ गते । विवाहित नारीको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’ यस वर्ष पनि हुने भएको छ।
रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी दिनुभयो। मिसेस नेपाल वर्ल्डसँगै सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने उहाँले बताउनु भयो ।
आयोजक संस्थाका अनुसार मिसेस नेपाल वर्ल्डको विजेताले यही वर्षको अन्तिममा अमेरिकाको लसभेगासमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छन्।
त्यसै गरी मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेतालाई सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिताका लागि अवसर मिलाइएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline