काठमाडौँ, २६ साउन । नेपाल शिक्षक महासङ्घले सरकारबाट सङ्घीय संसद्मा पेस गर्ने तयारीमा रहेकोे विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाको सही सम्बोधन हुनुपर्ने माग गरेको छ । महासङ्घले आफ्ना मुद्धा सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
महाससङ्ले आज पत्रकार सम्मेलन आयोजना गरी यही साउन २८ गतेदेखि आन्दोलन गर्ने जानकारी गराएको हो ।
महासङ्घ अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको वक्तव्यमा विगतमा भएको सहमतिका आधारमा राहत तथा उमावि शिक्षकको स्थायित्व, सिकाइ अनुदान, सेवा सुविधा, श्रमिक अधिकार आदि सवालमा कुनै परामर्श नगरी विधेयक तयार गरिएकोमा आपत्ति प्रकट गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline