अमेरीकाको हवाईमा भीषण आगलागीमा परी ५३ को मृत्यु, एक हजार बढी वेपत्ता

अमेरीकाको हवाईमा भीषण आगलागीमा परी ५३ को मृत्यु, एक हजार बढी वेपत्ता

  • शुक्रबार, साउन २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी । अमेरिकाको हवाई टापुमा भएको भिषण आगलागीमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

स्थानीय अधिकारीहरुका अनुसार खोजी तथा उद्धार कार्य जारी रहेकोले मृतकको संख्या अझै बढ्नसक्छ । प्रशान्त महासागरको हवाई टापुको जङ्गलमा लागेको डढेलो तिब्र गतिको आँधीको कारण माउई टापुको लहाइना शहरमा फैलिंदा ठूलो हताहती भएको हो ।

गभर्नर जोस ग्रीनका अनुसार हवाई टापुमा आगलागिको कारण अहिलेसम्मकै ठूलो क्षती भएको छ । १७ सय भवनहरू ध्वस्त भएका छन् भने ऐतिहासिक शहर लहैनाको ८० प्रतिशत भाग जलेर नष्ट भएको छ । मंगलबारबाट सुरु भएको डढेलोलाई डोरा तुफानबाट उत्पन्न भएको तेज हावाले तिव्र गतिमा फैलाउँदा सर्वसाधारणहरुले भाग्ने मौका समेत पाएनन् । आगलागीपिडित हजारौ नागरिकलाई अस्थायी आश्रय शिविरमा सारिएको छ ।

आगलागीमा एक हजार मानिस वेपत्ता भएको बताईएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले हवाई टापुमा ठूलो प्रकोप घोषणा गर्दै पुर्नस्थापनाको लागि आवश्यक कोष जारी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ