जेलेन्सकीको हत्या प्रयास ? युक्रेनकी एक महिला पक्राउ

जेलेन्सकीको हत्या प्रयास ? युक्रेनकी एक महिला पक्राउ

  • मङ्लबार, साउन २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

साउन २३ एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीको हत्याका लागि रुसलाई जेलेन्सकी बस्ने गोप्य लोकेसन रुसी ईन्टेलिजेन्सलाई पठाएको भन्दै युक्रेनले एक महिलालाई पक्राउ गरेको छ ।

ती महिलाले पठाएको सूचनाका आधारमा रुसले हत्या गर्न सक्ने भन्दै उनलाई पक्राउ गरिएको युक्रेनका सुरक्षा अधिकारीहरुले बताएका छन् । निकोलाईभ क्षेत्रबाट ती युक्रेनी महिलालाई पक्राउ गरिएको हो ।

निकोलाईभको भ्रमणको बाटो र तालिका रुसी सेनालाई ती महिलाले म्यासेज गरेको युक्रेनी सुरक्षा फौजको दावी छ ।

साथै रुसी गुप्तचरले सिधै जेलेन्सकीको हत्या प्रयास समेत गरेको युक्रेनको दावी छ ।

यसबारेमा रुसको कुनै प्रतिकृया आएको छैन । फेब्रु्अरी २४ , २०२२ देखि शुरु भएको युद्धका क्रममा रुसले जेलेन्सकीको सत्ता हटाउने तर उनको हत्या गर्ने योजना नरहेको स्पष्ट पार्दै आएको छ ।

रुस युक्रेन युद्ध चरम मोडमा पुगेको छ । युक्रेनको करीब ३५ प्रतिशत भुभाग रुसले कब्जा गरिसकेको छ । युक्रेनले अमेरीका सहित पश्चिमा देशहरुको हतियार र पैसाको मद्धतले रुस बिरुद्ध प्रत्याक्रमण जारी राखे पनि अपेक्षित सफलता हासिल गर्न सकेको छैन ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ