वाणिज्य बैंकहरूले कमाए ७० अर्ब नाफा, कुन बैंकको कति ?

वाणिज्य बैंकहरूले कमाए ७० अर्ब नाफा, कुन बैंकको कति ?

  • आइतवार, साउन २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौँ, २१ साउन । वाणिज्य बैंकहरुको चौथो त्रैमासमा ७० अर्ब बढी नाफा कमाएका छन् । २० वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०७९/८० मा २० वाणिज्य बैंकहरुले कुल ७० अर्ब १७ करोड खुद नाफा कमाएका हुन् ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यी बैंकहरुले ५६ अर्ब १७ करोड खुद नाफा कमाएका थिए । केही बैंकको मर्जपछि एकीकृत वित्तीय विवरण सार्वजनिक भएकाले नाफामा उल्लेख्य वृद्धि देखिएको छ । जसअन्सार तत्कालीन नेपाल बंगलादेश बैंक गाभेको नबिलको नाफा सबैभन्दा धेरै ७६ प्रतिशत बढेको देखिएको छ ।

नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ५२ करोड खुद नाफा आर्जन गरेको छ । नबिलपछि ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड खुद नाफा कमाएको छ ।

प्राइम कमर्सियल र कुमारी बैंकको नाफा भने अघिल्लो वर्ष २०७८/७९ को तुलनामा घटेको छ । प्राइम कमर्सियल बैंकको १८ र कुमारीको नाफा २४ प्रतिशतले घटेको हो । यी दुबै बैंकको निष्क्रिय (खराब) कर्जा हृवात्तै बढ्दा नाफामा असर देखिएको हो । कुमारीको निष्क्रिय कर्जा ४.७७ प्रतिशत र प्राइम कमर्सियलको ४.२३ प्रतिशत पुगेको छ । यस्तो कर्जा ५ प्रतिशतभन्दा माथि गएमा राष्ट्र बैंकले कारबाही गर्ने व्यवस्था छ ।

धेरैजसो बैंकको नाफामा उल्लेख्य वृद्धि भए पनि बैंकहरुको प्रतिफल क्षमता भने बढ्ने सकेको छैन । प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । प्रतिसेयर आम्दानीका आधारमा एनआईसी एसिया बैंक सबैभन्दा अगाडि छ । सो बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा छ । त्यस्तै स्टान्डर्ड चार्टड बैंकको ३७ रुपैयाँ ३९ पैसा र राष्ट्रिय वाणिज्यको ३३ रुपैयाँ ९६ पैसा छ । वाणिज्य बैंकहरुको औसत प्रतिसेयर आम्दानी २१ रुपैयाँ ७४ पैसा छ । २०७८/७९ मा १९ रुपैयाँ ९८ पैसा थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी