५२ वर्ष लामो प्रचण्डको राजनीतिक जीवन, ३७ वर्षदेखि अविछिन्न नेतृत्व, अब कहिले लिने बिश्राम ?

५२ वर्ष लामो प्रचण्डको राजनीतिक जीवन, ३७ वर्षदेखि अविछिन्न नेतृत्व, अब कहिले लिने बिश्राम ?

  • शनिबार, साउन २०, २०८०
  • -सिर्जना तिम्सिना

  • 9.5K
    SHARES

नेपाली समाजमा धेरैले प्रचण्डको नाम सुने ५२ साल फागुण १ गतेदेखि शुरु भएको जनयुद्ध पछि । अझ भनौ ५८ सालमा तात्कालिन राज्य र माओवादी विद्रोहीबीच भएको वार्ता र त्यो भंग भएर सोही वर्ष मंसीर ८ मा नेपाली सेना र माओवादीबीच भीषण युद्ध शुरु भएपछि । त्यस समयमा प्रचण्ड सार्वजनिक थिएनन् । उनका अनेक स्केच र अनुमानित तस्वीरहरु र केही पुराना तस्वीरहरु प्रकाशित हुन्थे ।
कतिपय मानिसहरुलाई लाग्थ्यो प्रचण्ड भन्ने त मान्छे नै छैनन् बाबुराम भट्टराई नै हो माओवादीको नेता । तर ६३ साल मंसीर ५ मा भएको विस्तृत शान्ति सम्झौतापछि प्रचण्ड सार्वजनिक रुपमा प्रकट भए । त्यसपछि पुराना भ्रमहरु सकिए । नयाँ आशा र संसय लिएर बालुवाटारबाट झुल्एिका प्रचण्ड देशमा अहिले सम्म गरी तीन पटक प्रधानमन्त्री भईसकेका छन् । उनी कम्युनिष्ट पार्टीबाट तीन पटक प्रधानमन्त्री हुने एक्ला नेता हुन् ।

२०२८ सालमा पुष्पलाल समूहबाट कम्युनिष्ट आन्दोलनमा रहेका प्रचण्डले ३७ वर्षदेखि निरन्तर कम्युनिष्ट पार्टीको प्रमुख नेतृत्वको रुपमा काम गर्दै आएका छन् । उनले राजनीति शुरु गरेको ५२ वर्ष पूरा भएको छ । जबकि उनको उमेर ६९ वर्षको भएको छ ।

२०४३ सालको सेक्टर काण्डपछि तात्कालीन नेकपा (मशाल) ले प्रचण्डलाई पार्टीको शक्तिशाली महामन्त्री पदमा चयन गरेको थियो। प्रचण्डकै नेतृत्वमा माओवाद र माओविचार मान्ने धाराहरुबीच एकता भई २०४८ मा प्रचण्ड नेकपा (एकता–केन्द्र) को महामन्त्रीमा निर्वाचित भए। त्यसपछिका सबै सम्मेलन महाधिवेशनले उनलाई नै प्रमुख नेतृत्व चयन गर्दै आएको छ । २०५१ सालमा जनयुद्धमा जाने निर्णय प्रचण्डकै पहलमा भयो र त्यसको नेतृत्व आफैले गरे । चाहे युद्ध होस् चाहे शान्ति प्रचण्डको आफ्नै परिभाषा अनुसार धक्का, क्रमभंग र छलाङ यो उनको रणनीतिको अविछिन्न अंग थियो । उनले द्धन्द्धवादी परिभाषा अनुसार आफूू कठोर र भावुक दुवै भएको देखाउन सक्छन् । उनी लचक पनि देखिन्छन् कठोर पनि । उनको व्यवहारलाई धेरैले अस्थीर भन्छन् । राजनीतिमा भद्रगोल स्थितिमा पनि गोल गर्ने क्षमता उनमा देखिन्छ । यसै निर्वाचनमा तेस्रो भएको पार्टीलाई उनले कहिले काँग्रेस कहिले एमाले उपयोग गरेर सरकारको नेतृत्वमै पुर्याउन सफल भए । पार्टी फुटेपनि जुटे पनि मुख्य नेतृत्व भन्दा तल प्रचण्डले बस्नु परेको छैन । शिक्षण पेशा गर्दा गर्दै मशाल बोकेर विद्रोह थालेका प्रचण्डले बम बारुदको बलमा पुरानो राज्य व्यवस्थालाई थिलथिलो पारेर राजतन्त्रको ठाँउमा गणतन्त्र स्थापनामा मुख्य भूमिका खेले । अहिले उनी पार्टी कमजोर बनाएको, सत्तामा बसेर हिजोका प्रतिवद्धताहरु पूरा गर्न नसकेको जस्ता आरोपहरुको सामना गर्दा पनि हाँसेरै चूनौतीको सामना गरिरहेका छन् । पारिवारीक रुपमा समेत अल्पायुमै ७४ सालमा एक्ला छोराको असामयिक मृत्यु, जेठी छोरी ज्ञानुको क्यान्सरका कारण मृत्यु र हालै जीवन साथी सीता दाहालको मृत्युको पीडाका बीच पनि राजनीतिक र राजकीय जिम्मेवारीमा प्रचण्डले कमी ल्याएका छैनन् ।
उनलाई आलोचना गर्दै बाहिरिएका मोहन बैद्य र बाबुराम आफै पाखा लागे । प्रचण्ड गद्धार भए भन्दै ६९ सालमा निस्किएका मोहन बैद्य जीवनको उत्तराद्र्धमा पूग्दै गर्दा न क्रान्ति न शान्ति केही गर्न नसकि लगभग शिथिल अवस्थामा छन् । अब प्रचण्ड नेतृत्वको पार्टी रातो स्टीकर टाँसेको घर हो भन्दै उछिट्टिएका बाबुराम पनि केही गर्न नसकेपछि प्रचण्डसँग फेरी सहकार्य हुँदै एकता गर्ने सम्मको तयारीतिर देखिन्छन् । प्रचण्डलाई चूनौती दिँदै जंगल पस्न खोजेका विप्लव पनि शिबगढीबाट खुमलटार वालुवाटार वरिपरि आईपुग्दैछन् । यसले पनि अन्य नेता भन्दा प्रचण्ड नै सही थिए भन्ने कुरा स्पष्ट हुन्छ । प्रचण्ड एउटा व्यक्ति हो एउटा मान्छे हो । उनले देशका लागि जनताका लागि आफ्नै लागि पार्टी र आन्दोलनका लागि जे गरे जति गरे अब यो भन्दा बढी गर्न सक्ने अवस्था छ कि छैन ? प्रचण्ड आफैले संभवतः प्रधानमन्त्रीमा यो तेस्रो कार्यकाल नै अन्तिम हुन सक्ने भन्दै ठूला ठूला कार्बाही गरेका छन् । भ्रष्टाचार र अनियमितताका ठूला ठूला फाईल खोलेर दलका नेताहरु नै जेल हालेपछि उनको नेतृत्वको सरकारमाथि केही समर्थन अवस्य प्राप्त भएको छ । तर जनताको आर्थिक जीवनमा उल्लेख्य परिवर्तन आउन नसक्दा परिवर्तनले जनताको मन जित्न सकेन । उत्साहहरु निराशामा बदलिँदै जाँदा व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको छ । संभवतः यो कुराको संभावित दृष्यहरुबारे प्रचण्डले राम्रोसँग बुझेका छन् । त्यसैले उनले अहिले सरकारको तर्फबाट राम्रा कामहरु गर्ने कोशिस गरिरहेको देखिन्छ ।

५२ वर्षदेखि राजनीतिमा सक्रिय, ३७ वर्षदेखि पार्टीको अविछिन्न नेतृत्वको सक्रियता हेर्दा उनी अझै एक दशक बढी राजनीतिमा छाईरहन सक्छन् । उनको व्यक्तिगत स्वास्थ्यमा पनि प्रतिकुल स्थिति देखिँदैनन् । विष्लेषकहरुले पनि उनको भौतिक सक्रियताको चाँही तारिफ नै गर्छन् । उनी गंभीर विरामी भएर राज्यकोषको रकम खर्च गरेर देश विदेश उपचारमा जानु परेको छैन । तर समाजमा उठ्दै गरेको पूराना पार्टी, बुढा नेताहरुलाई विस्थापित गर्ने नाराले जरा गाड्दैछ । केही राजनीतिक दलहरुको उदय समेत भईसकेको छ । यो सन्दर्भमा प्रचण्डमाथि पनि अब राजनीतिक र पार्टी जीवनबाट बिश्राम लिनु पर्ने नैतिक दबाब बढ्दैछ । पार्टीको हालै जारी बैठकमा पनि नेतृत्वको पुस्तान्तरण र रुपान्तरणको प्रश्न उठिरहेको छ । बैठकको अन्तिममा उनले कस्तो जवाफ दिने हुन् त्यो हेर्न बाँकी छ ।

चौतर्फी चूनौती र आलोचना सहन गर्न सक्ने असाधारण क्षमताका प्रचण्ड !
असारे काका भनेर चिनिने ईश्वरी दाहालले लेखेको संघर्षका पाईला नामक पुस्तकमा प्रचण्डले जनयुद्धको तयारी गर्ने क्रममा त्यस बेला पार्टी केन्द्रीय समितिको बैठकबाट सबै नेताहरुले आठ आठ हजार रुपैया जम्मा गर्ने निर्णय भएको थियो हतियार किन्नका लागि । प्रचण्डले त्यो पैसा जुटाउन चितवनमा रहेको घडेरी बेच्न बाहेक अर्को विकल्प देखेनन् । तर घडेरी बेच्ने कुरामा जीवनसाथी सीता दाहालसँग कुरा मिलेन । त्यसपछि प्रचण्डले सीतालाई छाताले हिर्काएका थिए । सीताले त्यो बिषय पार्टीमा उठाएपछि असारे काका, चित्र बहादुर श्रेष्ठहरु बसेर प्रचण्डलाई आत्मालोचना गराएका थिए । त्यसले प्रचण्डको क्रान्तिप्रतिको उत्कट चाहनाको बोध हुन्छ । उनले छोराछोरीलाई पठन पाठन भन्दा पनि संघर्षमा होमे । त्यो सकारात्मक पाटोको रुपमा हेन्छि । यही नेर नेतृत्वमा मनोनयन, राजनीतिक नियुक्तिहरुमा परिवारवादी भएको पार्टी भित्रै आलोचना हुने गर्छ । त्यो पनि प्रचण्डले सहन गरेर निर्णय गर्ने गरेका छन् ।

त्यस बेला पार्टी केन्द्रीय समितिको बैठकबाट सबै नेताहरुले आठ आठ हजार रुपैया जम्मा गर्ने निर्णय भएको थियो हतियार किन्नका लागि । प्रचण्डले त्यो पैसा जुटाउन चितवनमा रहेको घडेरी बेच्न बाहेक अर्को विकल्प देखेनन् । तर घडेरी बेच्ने कुरामा जीवनसाथी सीता दाहालसँग कुरा मिलेन । त्यसपछि प्रचण्डले सीतालाई छाताले हिर्काएका थिए । सीताले त्यो बिषय पार्टीमा उठाएपछि असारे काका, चित्र बहादुर श्रेष्ठहरु बसेर प्रचण्डलाई आत्मालोचना गराएका थिए । त्यसले प्रचण्डको क्रान्तिप्रतिको उत्कट चाहनाको बोध हुन्छ । 

उनलाई एकातिर पार्टी भित्रैबाट आलोचना हुने गर्छ , अर्कोतिर सहकर्मीहरुले गद्धार घोषणा गर्छन, द्धन्द पीडितका नाममा मुद्धा हाल्ने, जेल पठाउने नाराहरु लागि रहन्छ । विपक्षीहरुले अनेक आलोचना र प्रहार गर्दछन् । यसरी हेर्दा चौतर्फी आलोचना, घेराबन्दी र प्रहारहरुलाई सहेर पचाएर अघि बढ्ने प्रचण्डको व्यवहार सोचनीय छ । साह्रै चित्त नबुझेमा आक्रोशित हुने तर अन्य आलोचनाहरुको मुस्कुराएर प्रतिकृया दिने प्रचण्डको स्वभाव देखिन्छ । उनी आन्तरीक र देश भित्र मात्र हैन बाह्य शक्तिसँग पनि संघर्ष र सम्बन्धको कुरामा ध्यान दिने गरेको देखिन्छ । जस्तो कि भारत बिरुद्ध सुरुङ खनेर युद्ध गर्ने उद्घोष गरेका प्रचण्डले भारतमै १२ बुदे सहमति मार्फत शान्ति प्रकृयामा आए । नेकपाको अध्यक्ष हुँदा भेनेजुएलाको मामलामा अमेरीकी हस्तक्षेप बिरुद्ध एकल वक्तव्य जारी गरेपछि आलोचना सहे । तर उनी त्यस लगत्तै जीवनसाथी सीता दाहालको उपचारका लागि अमेरीका पुगे ।
उत्तरी छिमेकीसँग पनि उत्तिकै सम्पर्क सम्बन्ध राखेका प्रचण्डले भारत र अमेरीकासँग समेत सन्तुलित सम्बन्ध बनाउने प्रयास गरेको देखिन्छ ।

अब राजनीतिबाट बिश्राम कहिले ?

५२ वर्षदेखि राजनीतिमा सक्रिय, ३७ वर्षदेखि पार्टीको अविछिन्न नेतृत्वको सक्रियता हेर्दा उनी अझै एक दशक बढी राजनीतिमा छाईरहन सक्छन् । उनको व्यक्तिगत स्वास्थ्यमा पनि प्रतिकुल स्थिति देखिँदैनन् । विष्लेषकहरुले पनि उनको भौतिक सक्रियताको चाँही तारिफ नै गर्छन् । उनी गंभीर विरामी भएर राज्यकोषको रकम खर्च गरेर देश विदेश उपचारमा जानु परेको छैन । तर समाजमा उठ्दै गरेको पूराना पार्टी, बुढा नेताहरुलाई विस्थापित गर्ने नाराले जरा गाड्दैछ । केही राजनीतिक दलहरुको उदय समेत भईसकेको छ । यो सन्दर्भमा प्रचण्डमाथि पनि अब राजनीतिक र पार्टी जीवनबाट बिश्राम लिनु पर्ने नैतिक दबाब बढ्दैछ । पार्टीको हालै जारी बैठकमा पनि नेतृत्वको पुस्तान्तरण र रुपान्तरणको प्रश्न उठिरहेको छ । बैठकको अन्तिममा उनले कस्तो जवाफ दिने हुन् त्यो हेर्न बाँकी छ । तर अझै पनि समाजवादी क्रान्तिको नेपाली बाटो नामक राजनीतिक प्रतिवेदन लेखेर अघि बढेका प्रचण्डलाई पार्टीको ठूलो पक्तिले उनलाई बिश्राम दिने पक्षमा नरहेको एक पदाधीकारी बताँउछन् ।

को बन्न सक्छन् प्रचण्डका उत्तराधिकारी ?
प्रचण्डमाथि पार्टी जीवनमा लाग्ने गरेको एउटा आरोप हो कहिले बैद्यलाई प्रयोग गर्ने कहिले बाबुरामलाई कहिले बादललाई । एकलाई थर्काउने, अर्कोलाई फकाउने गरेर उनले सँधै चूनौतीरहित नेतृत्व गर्ने अवसर पाए । त्यही ब्यवहारका कारण प्रचण्ड पछि पार्टीको उत्तराधिकारी को हुने त्यो निश्चित हुन सकेको छैन । अहिले प्रचण्डपछि नारायणकाजी श्रेष्ठ बरिष्ठ उपाध्यक्ष छन् । तर अब त्यस पार्टीले पहिलो पुस्ता हैन दोस्रो पुस्तामा नेतृत्व सुम्पनु पर्ने माग बढ्दो छ । त्यो तहमा जनार्दन शर्मा, बर्षमान पुनको नाम अगाडी छ । यी दुई नेताले पनि पार्टी भित्र आ आफ्नो समुह बनाएका छन् अघोषित रुपमा । पार्टी महासचिव यी दुई मध्य एउटालाई बनाएर अगाडी लैजान चाहेका प्रचण्डले अन्तरविरोध बढ्ने देखेपछि दुबैलाई उपमहासचिव बनाएर देव गुरुङलाई महासचिव दिए ।
अहिले फेरी पहिला प्रचण्डको सचिवालयमा बसेर काम गरीसकेका विप्लवलाई ल्याउने चर्चा छ । सामाजिक सञ्जालहरुमा विप्लव माओवादीका महासचिव बनेर प्रचण्डको उत्तराधिकारी हुन सक्ने चर्चाहरु चल्न थालेका छन् । तर विप्लवलाई एकै पटक त्यो स्तरको नेतृत्व दिन नहुने बलियो आवाज पनि पार्टी भित्र रहेको छ । यसरी हेर्दा तत्काल प्रचण्डले राजनीतिबाट बिश्राम लिने, पार्टी नेतृत्व हस्तान्तरण गर्ने दुबै संभावना कम देखिन्छ । तर व्यवस्थित उत्तराधिकारी छनौटमा ढिला भए प्रचण्डले निर्माण गरेको पार्टीको भविष्य सुनिश्चित हुन कठिन पर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ