क्यानाडाका प्रधानमन्त्री टुडोको श्रीमतीसँग सम्बन्ध बिच्छेद

क्यानाडाका प्रधानमन्त्री टुडोको श्रीमतीसँग सम्बन्ध बिच्छेद

  • बिहिबार, साउन १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी साउन १८ । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोको आफ्नी श्रीमतीसँगको सम्बन्ध बिच्छेद भएको छ । सानैदेखिका साथी उनीहरुको १८ वर्ष अघि बिहे भएको थियो । हाल उनीहरुको तीन सन्तान रहेका छन् ।

बुधबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री टुडोले पत्नी सोफीसँग सम्बन्ध बिच्छेदको निर्णय सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री राजधानीमा छन् भने सोफी गृहनगर क्युबेकमा रहेकी छन् । उनी एक टेलिभिजन पत्रकार हुन् ।

सोफीले लगातार तीन निर्वाचनमा टुडोलाई साथ दिएकी थिईन् ।

टुडोले ईन्स्टाग्राममा लेखेका छन्, सोफी र म यस सच्चाईलाई तपाईसँग बाड्न चाहन्छौँ कि धेरै तार्किक र मुस्किल कुराहरुपछि म र सोफीले अलग हुने निर्णय गरेका छौँ । सधै जस्तै हामी एक नजिकको परिवार बनेर रहन्छौँ जहाँ एक अर्कालाई सम्मान र प्रेम हुन्छ र जो हामीले बनाएका छौँ त्यो अगाडी पनि रहन्छ । बच्चाहरुको राम्रोको लागि हामी सबैको र उनीहरुको व्यक्तिगत ईच्छाहरुको सम्मान गर्न अनुरोध गर्दछु । ”

क्यानडाको प्रधानमन्त्री कार्यलयले टुडो र सोफीबीच कानुनी रुपमा सम्बन्ध बिच्छेदको प्रकृया अघि बढेको जनाएको छ । उनीहरुले कानुनी सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ