पेशावर, पाकिस्तान, साउन १५ गते । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विष्फोटमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ । विष्फोटमा अन्य थुप्रै घाईते भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
खैबर पख्तुनख्वा प्रान्तका प्रहरी महानिरीक्षक अख्तर हयात गन्दापुरलाई उद्धृत गर्दै एएफपीले एक वरिष्ठ नेताले समारोहलाई सम्बोधन गर्ने कार्यक्रममा विष्फोट भएको जनाएको छ ।
अफगानिस्तानसँग सीमा जोडिएको खार सहरमा यसै वर्षको अन्त्यमा हुन लागेको निर्वाचनअघि हुन लागेको जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीको अधिवेशनलाई लक्षित गरी विष्फोट गराइएको अनुमान प्रहरीले गरेको समाचारमा उल्लेख गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline