साउन १४ एजेन्सी । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले रुस नेटोसँग प्रत्यक्ष युद्ध लड्न तयार रहेको बताएका छन् ।
मस्कोमा पत्रकारहरुसँग कुरा गर्दै पुटिनले रुसले पश्चिमा शक्तिसँग युद्ध लड्न नचाहे पनि उनीहरुले त्यो परिणाम ल्याएमा रुस जहिल्यै तयार रहेको बताए । उनले कुनै पनि अवस्था र परिस्थितिको लागि रुस तयार रहेको भन्दै अमेरीकालाई चेतावनी दिएका छन् ।
सिरीयामा रुसी र अमेरीकी लडाकु विमान आपसमा भीडेपछि पुटिनको यो प्रतिकृया आएको हो ।
सिरीयामा रुसी लडाकु विमानमाथि पटक पटक थ्रेट भएको पुटिनले बताए । सिरीयामा रुसको हस्तक्षेपपछि विद्रोह मत्थर भएको थियो भने बसर अल असदको सत्ता सुरक्षित भएको थियो । अमेरीका असदलाई पाखा लगाउन चाहन्थ्यो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline