अमेरीकी सेनासँग अभ्यास गरीरहेको अष्ट्रेलियाको हेलिकप्टर समुन्द्रमा खस्यो, चार सैनिक वेपत्ता

अमेरीकी सेनासँग अभ्यास गरीरहेको अष्ट्रेलियाको हेलिकप्टर समुन्द्रमा खस्यो, चार सैनिक वेपत्ता

  • शनिबार, साउन १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

सैनिक अभ्यासका क्रममा अष्ट्रेलियाली सेनाको एउटा हेलिकप्टर दुर्घटना भएको छ । प्रशान्त महासागरमा दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेष भेटिएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ । प्रहरीले दिनरात खोजी गर्दा पनि त्यसमा सवार चालक दलका चार जना सदस्यको कुनै अत्तोपत्तो नलागेको बताएको छ ।

क्विन्सल्याण्डका प्रहरी प्रमुख डगलस म्याकडोनाल्डले दुर्घटनाग्रस्त हेलिकप्टरका धेरै भग्नावशेष फेला पारेको तथा चालक दलका सदस्यको खोजी जारी रहेको बताएका छन् ।

क्विन्सल्याण्डमा जारी यस वर्षको संयुक्त राज्य अमेरिका–अष्ट्रेलिया द्विवार्षिक सैन्य अभ्यासमा जापान, फ्रान्स, जर्मनी, दक्षिण कोरियालगायत १३ राष्ट्रका तीस हजारभन्दा बढी सैनिक सहभागी छन् । शनिबार राति उक्त दुर्घटना भएपछि अष्ट्रेलियाले जारी संयुक्त अभ्यास स्थगन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ