साउन १० काठमाण्डौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल तस्करीको सुन बरामद भएपछि यस अघि गृहमन्त्रीले त्रिभुवन विमास्थल भन्सारको निरीक्षण गरेका थिए । त्यसपछि आज अर्थमन्त्री डा. प्रकाशशरण महत पनि भन्सार पुगेका छन् ।
उनले अवलोकनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन् ।
विमानस्थल अनुगमनपछि मन्त्री डा महतले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन भनेका छन् ।
“अपराध र तस्कारी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्षा अपग्रेड गर्नुपर्ने हुन्छ”, महतले भने ।
सो अवसरमा मन्त्री महतले विमानस्थलमा भन्सार प्रक्रिया पूरा गरी सामान आउँदै गर्दा केकस्ता प्रक्रिया पूरा गर्नुपर्छ र प्राविधिकरुपमा के कस्ता समस्या छन् भन्ने विषयमा जानकारी लिएका थिए ।