रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले पोल्याण्डले बेलारुसी र युक्रेनको पश्चिमी भुभागमा अतिक्रमण गर्ने योजना बनाएर हमला गरे त्यसको बिरुद्ध रुसले जवाफी कार्बाही गर्ने चेतावनी दिएका छन् ।
रुसी सुरक्षा परिषद्को बैठकमा पुटिनले पोलिस नेताहरुले युक्रेन युद्धमा हस्तक्षेप गरी यसको पश्चिमी हिस्सालाई कब्जा गर्न खोजेको दावी समेत गरेका छन् ।
किभ शासकले आफ्नै जनताबिरुद्ध बमबारी गर्दै आफ्नो भूमि विदेशी मालिकहरुलाई बुझाउने तयारी गरीरहेको भन्दै पुटिन आक्रोशित बनेका छन् ।
पोल्याण्डले बेलारुसमा समेत हमला गरेर केही भुभाग कब्जा गर्ने सोच बनाएको भन्दै यदी उसले बेलारुसमा हमला गरे त्यो रुसमाथिको हमला हुने र रुसले कार्बाही गर्ने पुटिनले बताए ।
पोल्याण्ड बेलारुस, रुस र युक्रेनसँग जोडिएको नाटो सदस्य मुलुक हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline