अमेरिकाको जर्जियामा अन्धाधुन्द गोली प्रहार हुँदा चार जनाको मृत्यु

अमेरिकाको जर्जियामा अन्धाधुन्द गोली प्रहार हुँदा चार जनाको मृत्यु

  • आइतवार, असार ३१, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

असार ३१, एजेन्सी । अमेरिकाको जर्जियमा अन्धाधुन्द गोली प्रहारबाट चार जनाको मृत्यु भएको छ । जर्जियाको ह्याम्पटन शहरको डगवुडमा एक ब्यक्तिले अन्धाधुन्द गोली हान्दा चार जना मारिएका हुन् ।

ज्यान गुमाउनेहरुमा तीन जना पुरुष र एक महिला रहेको स्थानीय प्रहरीले बताएको छ । प्रहरी अधिकारीहरुले गोली प्रहार गर्ने ब्यक्ति ४० बर्षिय एन्ड्री लङमोर भएको पत्ता लागेको बताएका छन् ।

चार जनाको हत्या गरेर फरार रहेको उक्त ब्यक्तिसँग अहिले पनि दुई वटा हतियार रहेको भन्दै प्रहरीले उसलाई पक्राउ गर्न सघाउनेलाई दश हजार डलरको पुरस्कार घोषणा गरेको छ ।

घटनामा कति मानिस घाइते भएका छन् भन्ने खुलाइएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ