विद्यार्थीलाई पढ्दै,कमाउँदै कार्यक्रममा समावेश गर्दैछौंः मन्त्री मास्की

विद्यार्थीलाई पढ्दै,कमाउँदै कार्यक्रममा समावेश गर्दैछौंः मन्त्री मास्की

  • बिहिबार, असार २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

देउखुरी,२८ असार । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले विद्यार्थीलाई स्वराजगारमा जोड्न प्रदेश सरकारले कार्यक्रम ल्याएको बताएका छन् । गुल्मीको छत्रकोट गाउँपालिका वडा नं.४ स्थित श्रृङ्गा जनता माध्यामिक विद्यालयको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री मास्कीले यस्तो बताए । विद्यार्थीहरु पढाई छोडेर विदेश पलायन हुने क्रम बढिरहेको भन्दै यसलाई रोक्न पढ्दै, कमाउँदै कार्यक्रम सञ्चालन गरेको बताए । विद्यार्थीले परीक्षा दिएर खाली रहेको समयमा सीप प्रदान गर्न आफूले बजेट बिनियोजन गरेको उनको भनाई छ ।

साथै सोही विद्यालयमा अध्ययनरत छात्रा स्मृति कडेलले ‘४ जीसीए’ ल्याएको भन्दै सरकारी विद्यालय पनि अब्बल छन्, भन्ने सन्देश दिएको बताए ।

त्यस अवसरमा प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले शिक्षा क्षेत्रले समाजलाई सही मार्गमा हिडाउने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी