मेक्सिकोको जालिस्को प्रान्तमा एम्बुसमा परि ६ जना मृत्यु, १२ जना घाइते

मेक्सिकोको जालिस्को प्रान्तमा एम्बुसमा परि ६ जना मृत्यु, १२ जना घाइते

  • बिहिबार, असार २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी, २८ असार । मेक्सिकोको जालिस्को प्रान्तमा सडक छेउमा थापिएको एम्बुसमा परि ६ जना सुरक्षा अधिकारीको ज्यान गएको छ ।
श्रृंखलाबद्ध बक विष्फोटमा १२ जना घाइते भएका छन् । बुधबार एक पत्रकार सम्मेलनमा बोल्दै जालिस्कोका प्रान्तका गभर्नर एनरिक अल्फारोले रातभरको विस्फोटलाई ‘आतंकको क्रूर कार्य’ भन्नुभएको छ । उहाँले यस आक्रमणको दोष एक अज्ञात लागूऔषध तस्कर समूहलाई लगाउनुभएको छ ।

एक जना अज्ञात व्यक्तीले टेलीफोन सम्पर्क गरि बेपत्ता व्यक्तिहरूको शव पत्ता लगाउन मद्दत गर्ने स्वयंसेवक खोज समूहलाई एउटा सामुहिक हिचहान रहेको जानकारी गराएका थिए । सुरक्षाकर्मीको समुह उक्त चिहानतर्फ अघि बढ्दा एम्बुसमा परेको हो ।

तस्कर समुहले कम्तिमा ८ वटा बम राखेका थिए । आक्रमणमा मारिनेहरूमा प्रहरी अधिकारी र सरकारी वलिक रहेका छन् । जालिस्को प्रान्तको तस्कर समुहले यसअघि पनि इ।आइ।डी र ड्रोनबाट बम हमला गर्ने गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ