छात्रवृत्तिका लागि महानगरपालिकाले खुलायो आवेदन, आजदेखि साउन १२ गते राति १२ बजेसम्म अनलाईन फर्म भर्न सकिने

छात्रवृत्तिका लागि महानगरपालिकाले खुलायो आवेदन, आजदेखि साउन १२ गते राति १२ बजेसम्म अनलाईन फर्म भर्न सकिने

  • बिहिबार, असार २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

२८ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको आवेदन खुलाएको छ ।

महानगरपालिका भित्र सञ्चालित विभिन्न कलेजहरुमा छात्रवृत्तिका लागि पठाउने गरी महानगरपालिकाले अनलाईन मार्फत आवेदन मागेको हो ।

आजदेखि साउन १२ गते राति १२ बजेसम्म महानगरको वेबसाइट वा इन्ट्रान्स डट काठमाडौं डट जीओभी मार्फत अनलाइन आवेदन दिन सकिने महानगरपालिकाले जनाएको छ । आगामी साउन २० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म परीक्षा लिइने पनि महानगरले जनाएको छ ।

सो परीक्षामा उत्तीर्ण भएपछि मापदण्डभित्र पर्ने विद्यार्थीहरुलाई निजी कलेजहरुमा छात्रवृत्तिका लागि पठाइने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी