आप्रवासी नीतिमा सहमति नजुट्दा नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले दिए राजीनामा

आप्रवासी नीतिमा सहमति नजुट्दा नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले दिए राजीनामा

  • शनिबार, असार २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

असार २३, काठमाडौँ । सत्तारुढ दलबीच आप्रवासी नीतिमा सहमति नजुट्दा नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले राजीनामा दिएका छन् ।

सत्तारुढ ४ दलबीच शरणार्थीसम्बन्धी सहमति नजुट्दा प्रधानमन्त्री रुटले राजीनामा दिएका हुन् । मार्क रुटले करिब डेढ वर्षअघि सरकार गठन गरेका थिए । तर गठबन्धन दलमा आप्रवासी नीतिलाई लिएर मतभेद थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आगामी नोभेम्बरमा चुनाव हुने सम्भावना छ । त्यतिन्जेलसम्मका लागि रुटले नै कामचलाउ सरकारको नेतृत्व गर्नेछन् । उनले राजा विलियम अलेक्जेन्डरलाई शनिबार राजीनामा बुझाउनेसमेत बताएका छन् ।

रुटको पिपल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भीभीडी)ले पार्टीले नेदरल्यान्ड्समा शरण लिनेहरूको संख्या कटौती गर्न चाहन्थ्यो । तर सत्ता गठबन्धनमा रहेका क्रिस्चियन युनियन र डी ६६ पार्टी भने उक्त प्रस्तावमा सहमत भएनन् । पछिल्लो समय नेदरल्यान्ड्समा शरण लिन चाहनेको संख्या बढिरहेको छ । गत वर्ष ४६ हजारभन्दा माथिले नेदरल्यान्ड्समा शरणका लागि आवेदन दिएका थिए । यस वर्ष उक्त संख्या ७० हजारभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।

रुट नेदरल्यान्ड्समा सबैभन्दा बढी समय प्रधानमन्त्री हुने व्यक्तिसमेत हुन् । उनी सन् २०१० देखि त्यहाँको प्रधानमन्त्री छन् । अहिलेको गठबन्धनको सरकार २०२२ को जनवरीमा मात्र गठन भएको हो । नेदरल्यान्ड्सको संसद् १५० सदस्यीय रहेको छ भने सरकार बनाउन ७६ सांसदको समर्थन चाहिन्छ ।

रुटलाई भीभीडीका ३४ सहित ७७ सांसदको समर्थन थियो । गठबन्धनमा रहेका डी(६६ को २४, क्रिस्चियन डेमोक्रेटिक अपिलको १४ र क्रिस्चियन युनियनका ५ सांसद छन् । प्रतिपक्षमा पार्टी फर फ्रिडम (पीभीभी) का १७ सहित ७७ सांसद छन् । नेदरल्यान्ड्समा धेरै दलको प्रतिनिधित्व हुने भएकाले पनि एउटै दलले बहुमत ल्याउने अवस्था भने न्यून रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ