काठमाडौं महानगरद्धारा संस्थागत विद्यालयमा छात्रवृत्ति दिने प्रक्रिया सुरु

काठमाडौं महानगरद्धारा संस्थागत विद्यालयमा छात्रवृत्ति दिने प्रक्रिया सुरु

  • शनिबार, असार २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने प्रक्रिया सुरु गरेको छ ।

संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकोले महानगरपालिका आफैंले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको हो ।

महानगरपालिकाको शिक्षा शाखाले सूचना जारी गरी कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न तयारी थालेको जनाएको छ ।

११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि यही असार २८ गतेदेखि आवेदन खुला गरिएको महानगरपालिकाले जनाएको छ ।

आवेदन साउन १२ गतेसम्म अनलाइनबाटै भर्न सकिनेछ । आवेदन दिएका छात्रछात्राको परीक्षा साउन २० गते लिने कार्यतालिका महानगरले सार्वजनिक गरेको छ ।

परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैक्ल्पिक वस्तुगत प्रश्न हुनेछन् ।

विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र भने महानगरले यसपछि सार्वजनिक गर्ने जनाएको छ ।

शिक्षा ऐन २०२८ मा संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघट्ने गरी विपन्न, अपाङ्ग, महिला, दलित वा जनजाति विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी