काठमाडौं महानगरले भन्यो- कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न र आवेदनको समय कम्तिमा १५ दिन राख्नु

काठमाडौं महानगरले भन्यो- कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न र आवेदनको समय कम्तिमा १५ दिन राख्नु

  • शुक्रबार, असार २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

२२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्न शिक्षण संस्थाहरूलाई निर्देशन दिएको छ ।

महानगरको शिक्षा विभागले आज एक सूचना जारी गर्दै कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको हो ।

महानगर अन्तर्गत सञ्चालित कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९÷८०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको संख्या असार मसान्तभित्र पठाउन शुक्रबार महानगरले निर्देशन दिएको हो ।

त्यस्तै, महानगरले विगतमा कक्षा ११ मा विद्यार्थी भर्ना गर्न शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशित गर्ने गर्नेको भन्दै यसवर्ष त्यसलाई सच्याउन भनेको छ ।

महानगरले देशका दूर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौं आउने विद्यार्थीहरूले आवेदन दिन सक्नेगरी एसईई नतिजा सार्वजनिक भएको मितिबाट कम्तिमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी भर्ना कार्यक्रम तय गर्न शिक्षण संस्थालाई निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी