आज गुरुपूर्णिमा मनाइँदै

आज गुरुपूर्णिमा मनाइँदै

  • सोमवार, असार १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं । सोमबार आषाढ शुक्ल पूर्णिमा, सनातन धर्मावलम्वीहरु गुरु पूर्णिमा पर्व मनाउँदै छन् ।

चार वेद र १८ पुराणका रचयिता महर्षि वेदब्यासको जन्मदिनलाई गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । सनातन सँस्कृतिमा गुरुलाई भगवान स्वरुप मान्ने गरिन्छ । यस दिन गायत्री मन्त्र दिने, वेदका मन्त्र सुनाउने र शिक्षाको ज्योति दिने गुरुप्रति सम्मान प्रकट गर्ने गरिन्छ ।

सँस्कृतमा “गु”को अर्थ अन्धकार तथा “रु” को अर्थ प्रकाश हो । त्यसैले गुरु भनेका अन्धकार हटाएर प्रकाश दिने माध्यम हुन् । यस दिन तन्त्र, साधना तथा मन्त्र सिक्नका लागि पनि उतम मानिन्छ । परापूर्व कालमा गुरु पुर्णिमाकै दिनलाई अति उतम मानेर ऋृषि मुनिहरुले मन्त्र, तन्त्र साधना र व्यासको ब्रह्मास्त्रमा भएको ज्ञान प्राप्त गर्न कुनै एक ठाउँ मा बसेर साधना सुरु गर्दथे ।

गुरुले नै आत्मा र परमात्मासँग पनि परिचित गराउने गर्दछन् । परापूर्व कालमा गुरुकूलमा बसेर शिक्षा लिने चलन थियो । अहिले त्यो परम्परा नभए पनि सामान्य ज्ञान प्राप्तीका लागि पनि गुरुको आवश्यकता पर्दछ ।

सोमबार विद्यालय तथा कलेजहरुमा पनि विशेष कार्यक्रम आयोजना गर्ने गरिन्छ । विद्यार्थीहरुले आफ्ना गुरुसको सम्मानमा विभिन्न कार्यक्रम गर्ने गर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी