प्रहरीको एउटा कमजोरीले सिंगो फ्रान्सभर भयानक बन्दै विद्रोह

प्रहरीको एउटा कमजोरीले सिंगो फ्रान्सभर भयानक बन्दै विद्रोह

  • सोमवार, असार १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

असार १८ एजेन्सी । फ्रान्समा प्रहरीले ट्राफिक नियम अटेर गरेको भन्दै १७ वर्षे बालकलाई गोली हानेर मारिदिए पछि अहिले त्यही निहुँमा फ्रान्सभर हिंशाको आगो फैलिएको छ । प्रदर्शनकारीहरुले न्यायको माग गर्दै पेरिस सहित अन्य शहरहरुमा बिशाल प्रदर्शन सहित आगजानी, तोडफोडका घटना जारी राखेका छन् ।

यो प्रकरणले उग्ररुप लिईरहेपनि सुरक्षाफौजले अझै नियन्त्रणमा लिन सकेको छैन ।

प्रदर्शनकारीले पेरिसका मेयरको घरमा समेत आक्रमण गरेका छन् ।

फ्रान्सको यही उग्र प्रदर्शनका कारण राष्ट्रपति म्याक्रोनको जर्मनी भ्रमण स्थगित भएको छ । यस घटनामा संलग्न रहेको आरोपमा हाल सम्म प्रहरीले ३ हजार भन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरीसकेको छ ।

यो हिंशाले सामाजिक सञ्जालमा भाईरल रुप लिँदा स्वीजरल्याण्डमा समेत प्रदर्शन शुरु भएको छ । त्याहाँ भेला भएका प्रदर्शनकारीले पसलहरुमा ढुंगामुडा प्रहार गरेका थिए । ती मध्य ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ