काठमाडौं महानगरपालिकाले कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि आफैं विद्यार्थी छनोट गर्ने

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि आफैं विद्यार्थी छनोट गर्ने

  • सोमवार, असार १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि आफैं विद्यार्थी छनोट गर्ने भएको छ।

शैक्षिक सत्र २०८०/०८१ देखि महानगरले आफैँ परी सञ्चालन गरेर सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिबसहितलाई छनोटका आधार छात्रवृत्ति उपलब्ध गराउन लागेको हो।

काठमाडौं महानगरका मेयर बालेन शाहले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भएबमोजिम छात्रवृत्तिका लागि परीक्षामार्फत विद्यार्थी छनोट गर्न लागिएको जानकारी दिएका हुन्।

उनले लेखेका छन् ‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/०८१ देखि काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको , जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिब लगायतका छनोटका आधार तयार गरी योग्यता क्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी