रुसमा बाग्नरको बिद्रोह साम्य भएपछि रक्षामन्त्रीद्धारा युद्धग्रस्त क्षेत्रमा कार्यरत सैन्य दस्ताहरुको अवलोकन

रुसमा बाग्नरको बिद्रोह साम्य भएपछि रक्षामन्त्रीद्धारा युद्धग्रस्त क्षेत्रमा कार्यरत सैन्य दस्ताहरुको अवलोकन

  • सोमवार, असार ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

असार ११ एजेन्सी । रुसमा गत शुक्रबार राति प्रिगोजिन नेतृत्वको निजी सैन्य बलले गरेको शसस्त्र विद्रोह साम्य भएपछि रुसी रक्षामन्त्री सरगेई सुगोउ सैन्य क्याम्पहरुको निरीक्षणमा गएका छन् ।

जपाड क्षेत्रमा रहेको सैन्य आधार शिबिरमा उनी हेलिकप्टर मार्फत सैन्य पोशाकमा पुगेका थिए ।

प्रिगोजिनले रक्षामन्त्रीलाई अपदस्त गर्नु पर्ने माग गर्दै आएका थिए । सुगोउले दुष्मनको गतिविधि, फ्रन्टलाईनको सुरक्षा घेराको अवस्थाका बारेमा जानकारी लिएका थिए ।

यसैबीच लुहान्सकमा दर्जनौँ युक्रेनी सेनाले आत्मसमर्पण गरेका छन् । रुसी सेनाले बंकरमै हवाई हमला गरेपछि हतियार फ्याकेर हात उठाएर आत्मसमर्पण गरेको भिडियो रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ ।

एडभिका र मरियन्का शहरमा रुसी सेनाले नियन्त्रणको नजिक पुगेको पनि बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ