सैन्य विद्रोह शुरु गरेका बागनर प्रमुख प्रिगोजिन अब बेलारुसमा बस्ने, रुसले मुद्धा फिर्ता लिने

सैन्य विद्रोह शुरु गरेका बागनर प्रमुख प्रिगोजिन अब बेलारुसमा बस्ने, रुसले मुद्धा फिर्ता लिने

  • आइतवार, असार १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

असार १० एजेन्सी । रुसका विगतमा राष्ट्रपति भ्लादीमीर पुटिनका निकट सहयोगी रहेको प्राईभेट मिलिटरी कम्पनी बागनर ग्रुपका प्रमख एभेगिन प्रिगोजिन सैन्य विद्रोह रोक्न सहमत भएका छन् ।
उनले शुक्रबार रातिदेखि विद्रोहको घोषणा गर्दै युक्रेनको बखमुटबाट फर्किएको लडाकु प्रयोग गरेर रोस्तोभ अन डन शहरको सैन्य ईलाका र प्रशासनिक भवन कब्जा गरेर मस्कोमा मार्च गर्ने घोषणा गरेका थिए । बागनर सेना मस्कोबाट २ सय किलोमिटर नजिक पुगेको थियो ।

त्यसपछि संकटकाल लगाएर रुसी सेनाले विना रक्तपात उक्त समुहलाई रोक्ने प्रयास गरेको थियो । तर सहमति हुन नसकेका बेला बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले गरेको प्रयासमा रक्तपात नगरी फर्कन बागनर समुह तयार भएको हो ।

अब सहमति अनुसार रुसले प्रिगोजिनको मुद्धा फिर्ता लिनेछ भने उनी रुस छाडेर बेलारुसमा बस्ने छन् । बागनर लडाकुलाई कुनै पनि कार्बाही गरिने छैन । यसले रुसमा रक्तपातपूर्ण सैन्य विद्रोहको खतरा टरेको छ ।

यसैबीच रुसले आन्तरीक समस्याले युक्रेनको सैन्य अप्रेसनमा कुनै असर नगर्ने जनाएको छ । क्रेमलिनले निरन्तर सैन्य अभियान जारी रहेको र लक्ष्य पूरा नहुदा सम्म यो चलिरहने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी