रुसमा शसस्त्र विद्रोह रोक्न प्रिगोजिन सहमत, फिल्डमा फर्कन थाले बागनर लडाकु

रुसमा शसस्त्र विद्रोह रोक्न प्रिगोजिन सहमत, फिल्डमा फर्कन थाले बागनर लडाकु

  • आइतवार, असार १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

असार १० एजेन्सी । रुसमा रक्तपात हुन नदिने भन्दै मस्को हिँडेका बागनर लडाकु समुह फिर्ता हुन थालेका छन् ।

राष्ट्रपति पुटिनसँगको छलफलपछि बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोको मध्यस्थतामा बागनर चिफ एभगेनी प्रिगोजिनले आफ्नो समुहको सुरक्षा सुनिश्चितता गर्न माग गरेको र त्यसमा पुटिन सहमत भएपछि उनी मस्कोमार्च गर्नबाट फिर्ता भएका हुन् ।

उनले रुसी रक्षामन्त्रीलाई अपदस्त गर्ने भन्दै पश्चिम रुसी सैन्य बेसक्याम्प कब्जा गरेर मस्कोमा मार्च गर्ने घोषणा गरेपछि त्याहाँ संकटकाल लागू भएको थियो ।
बागनर लडाकु समुहले रोस्तोभ अन डोन शहरको सैन्य र प्रशासनिक भवनहरु कब्जा गरेका थिए ।
केही समय अघि युक्रेनको बखमुट कब्जा गर्न सफल यो समुह त्यााहाँ बाट फर्किएपछि रक्षामन्त्री सरगेई सुगोसँग असन्तुष्ट रहेका थिए । सरकार बिरुद्ध विभिन्न अभिव्यक्ति समेत दिँदै आएका थिए ।

मस्कोको २ सय किलोमिटर नजिक पुगेको सो लडाकु समुहका प्रमुखले आफ्नो समुहलाई प्रतिवन्ध लगाउन नहुने माग गरेका छन् । कुनै पनि लडाकुको एक थोपा रगन झर्न नदिने भन्दै उनी सहमतिमा आएका हुन् ।

उनीमाथि फेडेरल सेक्युरीटी एजेन्सीले आपराधीक मुद्धा दर्ता गरेको छ ।

रुसका अर्बपनि ब्यापारी प्रिगोजिन पहिला पुटिनका भान्सेको रुपमा कार्य गरेको र पुटिन निकटका सहयोगी मानिन्थे । सोही कारण उनलाई बागनर प्राईभेट मिलिटरी कम्पनीको जिम्मा पुटिनले दिएका थिए । अहिले उनैले पुटिनलाई संकटमा पारेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ