एजेन्सी असार ९ । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले असन्तुष्ट बनेर विद्रोहमा उत्रिएको वाबनगर ग्रुपलाई शान्त हुन अपील गरेका छन् ।
आज देशका नाममा संवोधन गर्दै पुटिनले गएराति बागनर समुहले गरेको कदमले देश र जनताबिरुद्ध घात हुने भन्दै एकतावद्ध हुन अपील गरेका हुन् ।
रुसी रक्षा मन्त्रीलाई पदमुक्त गर्नु पर्ने भन्दै बागनर प्रमुख प्रिगोजिनले चेतावनी दिँदै आएका थिए । उनी बखमुट कब्जापछि रक्षामन्त्रीसँग असहमत रहँदै आएका थिए ।
पुटिनले रुसले कुनै पनि खतराबाट देश र जनतालाई मुक्त पार्ने भन्दै गृहयुद्ध दोहोरीने अनुमति दिन नसक्ने स्पष्ट पारेका छन् । अहिले वागनरको विद्रोहपछि रुसभरी सैन्य तैनाथी बढाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline