एजेन्सी असार ९ । रुसी सैन्य अभियानमा प्राईभेट मिलिटरी कम्पनी बागनर ग्रुपका प्रमुख रहेका प्रिगोजिनले रुसी रक्षा मन्त्रालयले लडाकुमाथि हवाई हमला गरेको भन्दै सरकार बिरुद्ध उत्रन अपील गरेपछि उनलाई कार्बाहीको तयारी भएको छ ।
उनी बिरुद्ध आपराधीक मुद्धा दर्ता हुन सक्ने र उनी जेल जान सक्नेछन् । युक्रेनको बखमुट कब्जामा महत्वपूर्ण भूमिका खेलेका प्रिगोजिनले रुसी सैन्य अधिकारी बिरुद्ध वक्तव्यवाजी गर्ने गरेका थिए पहिले पनि ।
उनले आफ्नो लडाकु टिममाथि हवाई हमला भएको कुरा झुटो भएको रुसी सञ्चार माध्यमहरुले पुष्टी गरेका छन् ।
उनको अभिव्यक्ति, घटनाक्रम सबै विषयमा सुरक्षा एजेन्सीहरुले राष्ट्रपति पुटिनलाई रिपोर्ट गरेका छन् । अहिले रुसले सबै हतियार डिपोहरुमा उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline